इन्द्रावती साना किसान कृषि सहकारीद्वारा अन्तरक्रिया तथा वित्तीय साक्षरता तालिम सम्पन्न 

* # अर्थ बाणिज्य समाचार समाज सिन्धुपाल्चोक

इन्द्रावती साना किसान कृषि सहकारी संस्थाकाे आयाेजनामा अन्तरक्रिया तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएकाे छ ।

सहकारीमा आवद्द रहेका सेयर सदस्य तथा साधारण सदस्यहरूका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरीएकाे सहकारीका अध्यक्ष रामशरण गिरीले जानकारी दिनुभयाे । साना तथा मझाैला पुँजि रहेकाहरूकाे लागि पनि वित्तीय साक्षरता आवश्यक रहेकाे अध्यक्ष गिरीले जानकारी दिनुभयाे ।

इन्द्रावति साना किसान कृषि सहकारी संस्थाद्वारा आयाेजित अन्तरक्रियामा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड काठमाडौले सहयाेग गरेकाे हाे । 

कार्यक्रममा नाैलि महादेव महिला विकास बचत तथा ऋण सहकारी संस्थाकाे व्यावस्थापक लक्ष्मि काेईराला तथा इन्द्रावती साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष रामशरण गिरीले प्रशिक्षण दिनुभएकाे थियाे । 

कार्यक्रममा सदस्य बिमा, किसान नेट, पशु बिमा र ऋणकाे बारेमा छलफल भएकाे थियाे । 

Leave a Reply