रेडियो मिसन ।
पाँचपोखरी टी–२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको छैटौँ संस्करणको तेस्रो दिन आज पनि दुई खेल भएका छन् ।
आजको खेलमा पाँचपोखरी क्रिकेट क्लब र भोटेचौर स्पोर्टस क्लब बिजयी भएको छ ।
पहिलो खेलमा पाँचपोखरी क्रिकेट क्लबले द माइटी साँगाचोक लाई ५६ रनले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको पाँचपोखरीले निर्धारित २० ओभरमा ६ विकेटको गुमाउँदै १८९ रन बनाएको थियो । पाँच पोखरीका लागि लाक्पा लामाले ३५ आर्यन धितालले ३२ विवेक राणा मगरले ३० र सार्थक धितालले २८ रनको योगदान गर्नुभयो । बलिङ तर्फ द माइटी सँगचोकका सबिन गिरी, निराजन बस्नेत र पेम्बा लामाले सामान एक एक विकेट हात पारे पार्नुभयो ।
१९० रनको बिजयी लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको द माइटी साँगाचोकले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय ३३ रनमा समेटियो । द माइटी सँगचोकका लागि नवराज थापाले ५८ रनको अर्धकीय पारी खेले पनि टिमलाई जिताउन सकेन । मिलन थापाले नट आउट ३३ दिपेश बस्नेतले १३ रन बनाउनुभयो । बलिङतर्फ पाँचपोखरीका विजयकुमार धितालले २ निशान्त धिताल, मनोज खड्का र निराजन कतिवडाले एक एक विकेट हात आफनो नाममा गर्नुभयो ।
पाँचपोखरीका बिवेक राना मगर यस खेलका म्यान अफ दि म्याच चुनिनुभयो । उहाँले रनर अप ट्रफि स्पोन्सर पाँचपोखरी थाङपाल गाउँपालिका वडा न ६ निवासी अञ्जली धितालको हातबाट म्यान अफ दि म्याचको उपाधी प्राप्त गर्नुभएको हो ।
आजको दोस्रो खेलमा भोटेचौरले चौतारा साँगाचोक गढी नगरपालिकालाई ४१ रनले पराजित ग¥यो । टस जितेर पहिले ब्याटिङ गरेको भोटेचौरले निर्धारित २० ओभरमा ८६ रन बनाएको थियो । दोस्रो खेलमा भोटेचरका राजीव चौलागाईले सर्वाधिक १७ रन र अभिषेक चौलागायनले १४ कुशल चौलागाईले १३ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेन । साँगोचक गडिका बिनोद गौतम तीन सुनिल श्रेष्ठले दुई विजय नेपालीले दुई र सविन श्रेष्ठले एक विकेट हात पार्नुभयो ।
८७ रनको बिजयी लक्ष्य लिएर जवाफी ब्याटिङ गरेको चौतारालाई १० दशमलव ४ ओभरमा जम्मा ४५ रनमा रोक्दै भोटेचौरले ४१ रनको जित हात पारेको हो । चौताराका लागि निराजन कुँवरले दश रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन्जोर्न सकेन । बलिङ तर्फ भटेचौरका सरिन कार्कीले ४ अरुण चौलागाईले ३ र राजेश चौलागाईँले २ हात पार्नुभयो । भोटेचौरका सरिन कार्की यस खेलका म्यान अफ दि म्याच चुनिनुभयो ।
तस्बिर सौजन्य : पाँचपोखरी थाङ्गपाल गाउँपालिका खेलकुद बिकास समिति फेसबुक पेज