अक्षयश्वरमा आयोजित श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञमा ३६ लाखभन्दा बढी दान/भेटी संकलन

* # अर्थ बाणिज्य जीवन शैली पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

इन्द्रावती गाउँपालिका १० स्थित श्री अक्षयश्वर महादेव मन्दिरमा आयोजित विराट महायज्ञ अन्तर्गत ५४ औं श्रृङ्खला श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ सम्पन्न भएको छ ।


विराट ज्ञान महायज्ञ १०८ अन्तर्गत यस महायज्ञमा पण्डितद्वय शिव प्रसाद सापकोटा र विष्णुप्रसाद तिमल्सिनाको मुखारवृन्दबाट भागवत पाठ पारायण र कथा विस्तार भएको थियो । भक्तजनहरूले दिवंगत पितृहरूको उद्दार र मोक्षाको कामना सहीत दान/भेटी समेत प्राप्त भएको छ । दान/भेटी बापत ३६ लाख रुपैंया संकलन भएको छ ।


महायज्ञमा इन्द्रावती गाँउपालिकाको तर्फवाट ५ लाख २५ हजार सहयोग गरेको छ । व्यक्तिगत तर्फ सर्वाधिक दान राशी इन्द्रवती १० का समाजसेवी एवं राप्रपा नेता दईन्द्र बहादुर ठकुरीले १ लाख ६१ हजार दान गर्नुभएको छ । १ लाख बढी दान गर्ने ५ जना रहनुभएको छ । करीब ५०० जना दानविर हरुवाट नगद दान भएकोमा ३०० भन्दा बढीले ३ हजारभन्दा माथी दान गर्नुभएको हो ।


आज समापन कार्यक्रमको अवसरमा इन्द्रावति गाँउपालिकाका अध्यक्ष झम्कनाथ नेपालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विषेश अतिथि दईन्द्र बहादुर ठकुर िरहनुभएको थियो भने ऋषिराम भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।


इन्द्रावती १० बाट बसाई सरी हेटौडा, काठमाण्डौ लगायतका जिल्लामा गएका ब्यक्तिहरू समेत महायज्ञमा सहभागि भएको वडा अध्यक्ष रामचन्द्र घिमिरेले जानकारी दिनुभयो ।

Leave a Reply