सीप विकासको लागी अपाङ्गता भएकाहरुलाई डल्लो साबुन बनाउने तालिम

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, बाहुनेपाटी ।
मेलम्ची १२ बाहुनेपाटीमा डल्लो साबुन बनाउने तालिम सम्पन्न भएको छ । अपाङ्गता भएका ब्यक्तिहरुलाई सीप विकासको लागी आयोजना गरिएको तालिममा नगरभित्रका अपाङ्गता भएका २९ जना ब्यक्तिहरुको सहभागिता रहेको नगर अपाङ्ग सञ्जालका अध्यक्ष सोम दुलालले जानकारी दिनुभयो ।

कार्यक्रमको समापन गर्दै नगरप्रमुख आइतमान तामाङले आफ्नो दक्षता र क्षमताको प्रर्दशन गर्न आग्रह गर्नुभयो । उहाँले सकेको काम मिहेनत गरेर गर्न आग्रह गर्दै ब्यबशायीक रुपमा साबनको उत्पादन गरेमा बजार ब्यबस्थापनको जिम्मा नगरपालिकाले लिने बताउनुभयो ।

नगर प्रमुख तामाङले नगरपालिकाको कोशेली घर सञ्चालन गरि त्यहाँबाट बजारमा उत्पादन हुने सामाग्रीहरुको बिक्रिवितरण गरिने उल्लेख गर्नुभयो । अपाङ्गता भएका ब्यक्तिहरुको सिप विकासका लागि नगरपालिकाले विभिन्न कार्यत्र,म गरिरहेको भन्दै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा वडा नम्बर १२का वडा अध्यक्ष गणेश तामाङ, प्रशासकिय अधिकृत झपेन्द्रराज खरेल, लगायतको उपस्थिती थियो ।

Leave a Reply