रेडियो मिसन ।
एस ईई को अन्तिम तयारीमा रहेका विद्याथीहरुका लागि मेलम्चीमा एस ईई उत्प्रेरणा कार्यक्रमको आयोजना गरिएको छ ।
मेलम्ची कम्युनिटी माध्यामिक बिद्यालय र कुमारी कलेज काठमाडौंको आयोजनामा बुधबार मेलम्चीमा भएको कार्यक्रममा यस भेगका मेलम्ची कम्युनिटी माध्यामिक बिद्यालय, प्रगती आंग्रेजी माध्यामिक बिद्यालय, इन्द्रेश्वरी माध्यामिक बिद्यालय, सितला देवि माध्यामिक बिद्यालय, जवलवाइ देवि माध्यामिक बिद्यालय र जालपादेवी माध्यामिक बिद्यालयका २०० भन्दा बढि विद्यार्थीहरु सहभागी रहेका थिए ।
कार्यक्रममा विज्ञान र गणित विषयको पाठ्यक्रम प्रवोधिकरण गर्नका लागि बिषय बिज्ञ जेपि श्रीवास्तवले विज्ञान र रमेशप्रसाद अवस्थीले गणित विषयको सहजीकरण गर्नुभएको थियो ।
एस ईई को अन्तिम तयारीमा रहेका विद्यार्थीलाई सहजताको लागि कार्यक्रम आयोजना गरिएको मेलम्ची कम्युनिटी माध्यािक विद्यालयका प्रधानाध्यापक दिनेश बस्नेतले जानकारी दिनुभयो ।

कार्यक्रममा इन्द्रेश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक देवी श्रेष्ठले यस प्रकारको भव्य कार्यक्रमले विद्यार्थीलाई सहयोग पुग्ने बताउदै आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा सहभागीहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।
