गाउँपालिका अध्यक्षद्वारा ऐसेलुखर्क माविमा निर्माणाधिन प्रयोगशाला तथा सभाहलको निरिक्षण

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

नवलपुर ।
ऐसेलुखर्क माध्यमिक विद्यालयमा निर्माणाधिन प्रयोगशाला तथा सभाहलको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

संघीय सरकारको नमुना विद्यालय विकास कार्यक्रम अन्तर्गतको बजेटमा भइरहेको उक्त भवनको आज गाउँपालिका अध्यक्ष झम्कानाथ नेपाल प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष शशीनाथ आचार्य लगायतको टोलीले निरीक्षण समेत गर्नुभएको छ ।

भवनको निरीक्षण गर्दै गाउँपालिका अध्यक्ष नेपालले गुणस्तरमा सम्झौता नगरी समयमा नै निर्माणकार्य सम्पन्न गर्न आग्रह गर्नुभयो।

२८ लाख ९५ हजार लागत इस्टमेट भएकाे उक्त भवन बुढाथोकी निर्माण सेवाले १९ लाख ८४ हजार ७ सय ४८ (मूल्य अभिवृद्धि करसहित) वैशाख ७ गते ठेक्का सम्झौता भई काम सुरु भएकोमा हाल ढलान कार्य धमाधम भइरहेको छ।

उक्त कार्यक्रम अन्तर्गत यसअघि निर्माण भएको भवनमा तल थप भइरहेको विद्यालयका पूर्व प्रधानाध्यापक कुञ्जरमणी भट्टराईले जानकारी दिनुभयो। यस बजेटबाट पिलर र ढलानको मात्रै काम हुने र उक्त तलामा करिब ४५० जान क्षमताको सभाहल निर्माण हुने पनि उहाँले जानकारी दिनुभयो।

२०७४ सालमा नमुना विद्यालयको रूपमा छनोट भएको यस विद्यालयलाई यस कार्यक्रमले धेरै सहयोग भएको उहाँको भनाइ छ। अन्य विद्यालयहरूको तुलनामा यस विद्यालयको भौतिक संरचना पर्याप्त मात्रामा रहेको र अर्को वर्ष प्राप्त हुने अनुदान रकम पनि उक्त भवन पूरा गर्नको लागि खर्च गरिने विद्यालयले जनाएको छ।

उक्त भवन अनुगमनको क्रममा गाउँपालिका अध्यक्ष झम्कनाथ नेपाल, प्रवक्ता शशीनाथ आचार्य, सूचना प्रविधि शाखा प्रमुख सन्तोष सापकोटा, प्राविधिक अनेन्द्र दनुवार, वडा सदस्य राधिका तिमालसिना र अध्यक्षका प्रेस सल्लाहकार सुनिल तामाङ लगायतको उपस्थिति रहेको थियो।

Leave a Reply