मेलम्चीमा दादुरा रूबेला खोप अभियान सम्बन्धि छलफल

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

दादुरा रूबेला खोप अभियान खोप समन्वय समिति ,संचारकर्मी र सरोकारवालाहरू संग अन्तरक्रिया एवं छलफल कायर्कम मेलम्चीमा सम्पन्न भएको छ ।

आजबाट देशभर राष्ट्रिय दादुरा खोप २०८० सुरू भएको खोप अभियान चैत ७ गते सम्म देशभर सन्चालन हुनेछ । भोली देखि सुरू हुने खोप कार्यक्रम फागुन १९ सम्म सम्पन्न हुनेछ ।मेलम्ची नगरपालिका मा ४१ वटा खोप केन्द्र रहेको स्वास्थ्य शाखा प्रमुख अस्मिता सापकोटाले जानकारी दिनुभयो । खोपको मुख्य उदेश्य भनेको सम्पुर्णा बालबालिका सम्म पुगेस भन्ने रहेको उहाँले बताउनुभयो ।

डाक्टर श्री राम अर्यालले सबैलाई खोप अनिबार्य लगाउन अनुरोध गर्नुभयो ।खोप लागाए पछि ५ मिनेट देखि ३० मिनेट सम्म खोप केन्द्रमा बस्न उहाँले आग्रह गर्नुभयो । कार्यक्रमको सहजिकरण मेलम्ची नगरपालिका को जन स्वास्थ शाखाका ज्ञानेन्द्र सिग्देलले सहजिकरण गर्नेु भएको थियो ।

Leave a Reply