इन्द्रावती गाउँपालिकाद्धारा विद्युतिय चुलो वितरणमा सहयोग गर्न घिसिङसँग आग्रह

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

रेडियो मिसन, काठमाडौ ।
इन्द्रावती गाउँपालिकाले “हाम्रो लगानी हाम्रै सम्पत्ति लाई“ भन्ने नयाँ अवधारणा अघि सारेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष भित्र पालिका भित्रका सबै घरधुरिलाई विधुतिय चुलो वितरण गर्ने योजना बनाएको गाउँपालिका अध्यक्ष झम्क नेपालले जानकारी दिनुभयो ।

पुर्व मन्त्री शेरबहादुर तामाङ,पालिका अध्यक्ष झम्क नेपाल सहितको टोलिले नेपाल विधुत प्राधिकरणलाई यस कार्यक्रम सन्चालनका लागि आवस्यक सहयोगको लागि माग पत्र समेत बुझाएको अध्यक्ष नेपालका स्वकिय सचिव सुनिल तामाङले जानकारी दिनुभयो ।

दाउरा र ग्याँसको चुलो विस्थापन गर्नका लागि विद्युतिय चुलोको अवधारणा ल्याइएको गाउँपालिकाले जनाएको छ । माग पत्र लाई सम्बोधन नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले सो कार्यक्रम सन्चालनका लागि आवस्यक टान्सफर्म,प्लास्टिक कोटेड तार लगायत आवश्यक सहयोगका लागि प्राधिकरणले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

करिव ७ हजार घरधुरी रहेको गाउँपालिकामा २८ हजार जनसंख्या रहेका छन् । विद्युतिय चुलो सञ्चालनमा आएपछि दाउराको प्रयोगका कारण धुवाँबाट लाग्ने विभिन्न रोगबाट मुक्त भइने, वृद्धवृद्धा, अशक्त, दिर्घरोगी लगायतका लागि सहज हुने र नेपालमै उत्पादन हुने विद्युतको उपयोग हुने गाउँपालिकाले जनाएको छ ।

दाउरा र ग्याँसको चुलो विस्थापन गर्दै इन्धनमा हुने खर्च न्युनीकरण गर्दै नागरिकहरुलाई समृद्धि उन्मुख बनाउनका लागि यस अवधारणा अगाडी सारिएको अध्यक्ष नेपालले जानकारी दिनुभयो ।

Leave a Reply