इन्द्रावती गाउँपालिका वडा नम्बर ४ को सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । आज एक कार्यक्रमका विच वडाले सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको हो ।
आर्थिक वर्ष २०८०/०८१ को सुरुवातीदेखि हालसम्म भएगरेको विकास निर्माण तथा सेवा प्रवाहको विषयमा वडामा निर्वाचित जनप्रतिनिधिहरू, वडा गत शाखा कार्यलयका प्रमुख तथा प्रतिनिधिहरू लगायत स्थानियको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
इन्द्रावती गाउँपालिकाको सुशासन, जबाफदेहीता र पारदर्शिताको अवधारणा अनुरूप हरेक वर्ष वडा गत र पालिका स्तरीय सार्वजनिक सुनुवाई हुँदै आएको छ । वडा नम्बर ४ को कार्यालयबाट हालसम्म भए गरेका विकास निर्माण र सेवा प्रवाहको विषयमा छलफल गरिएको हो ।
छलफलको क्रममा टुक्रे योजनाहरू भएकोे, सहकारी मार्फत पर्याप्त मलको उपलब्ध गराउनुपर्ने, कृषिमा केन्द्रित बजेट निर्माणमा प्रथमिकता दिनुपर्ने, प्रविधिक शिक्षा लाई प्राथमिकता दिनुपर्ने लगाएतका सवालहरु उठेका थिए ।
जवाफ दिने क्रममा वडा अध्यक्ष क्षेत्र बहादुर तामाङले इन्द्रावती गाउँपालिका वडा नं ४ ले बिकास निर्माणको काम गर्दा कुनै नातागोता नहेरी सबै नागरिकको सल्लाह सुझाव लिएर अघि बढेको बताउनुभयो । अध्यक्ष तामाङले कुनै व्यक्ति विशेष नहेरी आवस्यकताको आधारमा बजेट विनियोजन गर्ने प्रतिवद्वता व्यक्त गर्नुभएको छ । योजनाहरूको कार्य सम्पादन गर्नेमा वडा नं ४ गाउँपालिकाको १२ वटा वडा मध्ये अग्र स्थानमा रहेको बताउँदै आगामी दिनमा जनतासंग जनप्रतिनिधि कार्यक्रम गर्ने उहाँले जानकारी दिनुभयो ।
आगामी बर्षको बजेट विनियोजन गर्दा भौतिक पुर्वाधार मात्र नभई रोजगार संग सम्बन्धित काम गर्नेगरी बजेट विनियोजन गर्ने अध्यक्ष तामाङको भनाई छ । टुक्रे बजेटहरू लाई निरूत्साहित गर्दै नागरिक स्तरबाट आएका मागहरू सम्बोधन गर्दै जाने उहाँले बताउनुभयो ।
सामुदायिक विद्यालयहरू सिस्टममा चल्न नसकेको बताउँदै तामाङले अब प्राविधिक शिक्षालाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयोे । सामुदायिक वनहरूको अतिक्रमण भएको विषयमा सामुदायिक बनहरूको सिमाङ्कन गरि यकिन गर्न आवस्यक रहेकाले त्यसमा वडाले समन्वय गर्न तयार रहेको उहाँले प्रतिबद्धता जनाउनुभयो ।
इन्द्रावती गाउँपालिका वडा नम्बर १० मा (१४ गते साेमबार) सार्वजनिक सुनवाई कार्यक्रम गरिने रेडियो मिसनका अध्यक्ष सन्तोष सिग्देलले जानकारी दिनुभयो ।





























