सिपाघाट नवलपुर रुटमा हेलम्बू यातायातले ४ वटा सुपर बस सञ्चालन गर्ने

विविध

रेडियो मिसन ।
हेलम्बू यातायात सेवा समितिले इन्द्रावती गाउँपालिकामा ४ वटा नयाँ सुपर बस सन्चालनमा ल्याउने भएको छ । ईन्द्रावती गाउँपालिकाको प्रस्तावमा यहि भदौ ३१ गते देखि उक्त बसहरु चुच्चे पाटी बाट सिपाघाट भिमटार सिपापोखरे ज्यामिरेमाने हुदै नवलपुरको लागी सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

साथै उक्त रुट हुँदै सञ्चालन हुने बसको समय तालिका समेत तय गरिएको छ । जस अनुसार पहिलो बस काठमाडौ चुच्चे पाटीबाट बिहान ७ बजे छुट्ने र बिहान ९ः३० बजे नवलपुर आईपुगेको उक्त बस दिउँसो ३ बजे फर्किने छ ।

त्यस्तै नवलपुरबाट बिहान ७ बजे छुटेको बस बिहान ९ः३० बजे चुच्चेपाटी पुगेर दिउसो ३ः०० बजे नवलपुरको लागि छुट्ने छ । दशैँका लागी गाउँ आउन चहाने गाउँपालिका बासीको सुबिधालाई मध्यनजर गर्दै समिती सँग समन्वय गरी यो योजना बनाईएको गाउँपालिकाले जनाएको छ ।

Leave a Reply