रेडियो मिसन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले जिल्लाका बिभिन्न स्थानमा रहेको अस्पतालको लागी डाक्टर सहित औषधीको ब्यस्था गरेको बताउनुभएको छ । बाह्रविसे नगरपालिका द्वारा आयोजित तीज विशेष सांस्कृतिक कार्यक्रमका प्रमुख अतिथी रहनुभएका मन्त्री बस्नेतले बाह्रविसे, मेलम्ची र चौतारा लगायतका अस्पतालमा डाक्टर पठाएको र डाक्टर मात्रै नभई धेरै स्वास्थ्य सामाग्रीको समेत ब्यवस्था गरेको बताउनुभएको हो । साथै उहाँले आफू नेतृत्वमा आएको छ महिना भित्र स्वास्थ्य क्षेत्रमा उल्लेखनिय उपलब्धी हाँसिल गर्ने बताउँदै उपचार नपाएर कसैले पनि मर्न बाध्य हुन नपर्ने उहाँको भनाई छ ।
साथै देशमा पाठेघरको मुखको क्यान्सरका कारण धेरै महिलाहरुको ज्यान जाने गरेको भन्दै हाल देश ब्यापी खोप लगाउने कामको सुरू गरिएको बस्नेतले जानकारी दिनुभयो ।
साथै जिल्लामा शिक्षा निशुल्क हुनपर्छ भनेर लागीरहेको र त्यसको सुरुवात बाह्रविसेबाट कक्षा १२ सम्म निशुल्क रुपमा पढाउन सुरु गरेको बताउनुभयो । यसरी जिल्लाको एउटा पालिकाबाट सुरु भएको निशुल्क शिक्षा देशैभरी लागु गर्न पहल गरिने पनि मन्त्री बस्नेतले बताउनुभयो ।
त्यस्तै असार, साउन भदौँमा काम गरेर थकित भएको बेलामा यो तिज खुसी साटासाट गर्ने र आराम गर्नका लागी उपयोगी भएको उहाँको धारणा छ । हरितालिका तिज अहिले हिन्दुहरूले मात्र नभई सबै धर्मावलम्बी महिलाहरुले मनाउने भएकोलो यो एउटा एकताको सकारात्मक सन्देश भएको पनि उहाँले बताउनुभयो ।
बाह्रविसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतको सभापतीत्व र नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बस्नेतको प्रमुख आतिथ्यतामा भएभएको कार्यक्रममा कलाकारहरू जितु नेपाल, बबिता बानिया (जेरी) लगायतका रास्ट्रिय स्तरका कलाकारहरुले मनोरञ्जन प्रदान गरेका थिए ।