ज्यामिरे
नेपाली कांग्रेसका महासमिति सदस्य भरत खड्काले नेपाली कांग्रेस बलियाे हुँदा लाेकतन्त्र बलियाे हुने बताउनुभएकाे छ ।
नेपाली कांग्रेस मेलम्ची नगरपालिका वडा नं ९ वडा कार्यसमितिकाे क्रियाशिल वितरण तथा नविकरण कार्यक्रममा शुभकामना मन्तव्य राख्दै महासमिति सदस्य खड्काले कांग्रेसकाे सिपाही भएर लाेकतन्त्र बलियाे बनाउन क्रियाशिल सदस्यलाई आव्हान गर्नुभयाे ।
“कांग्रेस पार्टीमा स्वतन्त्रता छ तर जाे व्यक्ति मपाईत्व गर्छ त्याे कांग्रेसकाे सदस्य हुन सक्दैन”, खड्काले भन्नुभयाे । “नेपाली कांग्रेसका अग्रज नेता मित्र बहादुर कार्कीले बसालेकाे जगमा हामी बसेका छाैँ”, खड्काले भन्नुभयाे । सिन्धुपाल्चाेकमा कांग्रेसकाे सदस्य धेरै कहाँ छ भन्दा ज्यामिरेकाे नाम आएकाे भन्दै ज्यामिरेकाे बिषयमा जिल्लामा चर्चा हुने गरेकाे खड्काकाे भनाई छ ।
कांग्रेसकाे सदस्य हुनु नै स्वतन्त्र हुनु हाे भन्दै महासमिति सदस्य खड्काले पार्टि भित्र अनुशासनमा रहि सबैले आफ्नाे बिचार राख्न पाइने बताउनुभयाे ।