पाँचपोखरीमा ‘कोशीली घर’ उद्घाटन, स्थानीय उत्पादनको प्रवर्द्धनमा जोड

* # समाचार समाज सिन्धुपाल्चोक

पाँचपोखरी थाङपाल गाउँपालिकामा ‘पाँचपोखरी कोशीली घर’को औपचारिक उद्घाटन सम्पन्न भएको छ। बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेल को प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उहाँले कृषि क्षेत्रको वर्तमान अवस्था, उत्पादन वृद्धि, बजारीकरण तथा आधुनिकीकरणका चुनौतीबारे चर्चा गर्नुभयो। उहाँले रासायनिक मल अभावको समस्या संघीय तहसँग सम्बन्धित भएकाले प्रदेश सरकारको भूमिका सहजीकरण र समन्वयमा सीमित रहेको स्पष्ट पार्नुभयो। साथै, स्थानीय तह र किसानहरूलाई स्पष्ट योजना तथा माग प्रस्तुत गर्न आग्रह गर्दै आवश्यक सहयोगका लागि प्रदेश सरकार तयार रहेको बताउनुभयो।

गाउँपालिका अध्यक्ष टासी लामाले ‘कोशीली घर’ स्थानीय उत्पादनको प्रवर्द्धन र बजार विस्तारका लागि महत्वपूर्ण केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले खाल्डेखोलामा दैनिक रूपमा खाद्य वस्तुको अनुगमन गरी सुरक्षित उपभोग सुनिश्चित गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो। साथै, स्थापना गरिएको सूचना केन्द्रमार्फत पाँचपोखरी क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उल्लेख गर्नुभयो।

कार्यक्रममा गाउँपालिका अध्यक्ष टासी लामा, उपाध्यक्ष सुनिता अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईंकेल लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला निकाय र स्थानीयको सहभागिता रहेको थियो। कोशीली घर सञ्चालक समितिका अध्यक्ष रेशम खड्काको अध्यक्षतामा सम्पन्न भएको हाे।

Leave a Reply