इन्द्रावती साना किसान कृषि सहकारीको आठौँ वार्षिक साधरणसभा सम्पन्न, सेयरधनी सदस्यहरूलाई १५ प्रतिशत बोनस दिने प्रस्ताव पारित

* # समाचार समाज सिन्धुपाल्चोक

कुञ्चोक । इन्द्रावती साना किसान कृषि सहकारी संस्था लिमिटेडको आठौँ वार्षिक साधरणसभा सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिकाका प्रमुख झम्कनाथ नेपालको प्रमुख आतिथ्यता तथा सहकारीका अध्यक्ष रामशरण गिरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष भीमसेन थापा वडा सदस्य दिपक बानिया लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम सहकारीका सचिव पूर्ण बानियाले सञ्चालन तथा कोषाध्यक्ष भूपेन्द्र बानियाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

वडा नम्बर ३ को खुतुमे डाँडामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष भरत मल्ल ठकुरीले स्वागत मन्तब्य राख्दै सेयर सदस्यहरूको सहयोग र सक्रियताका कारण संस्था यो अवस्थामा आइपुगेको र सेयर सदस्यहरूले संस्थाका प्रक्रिया, नियम तथा योजनाहरू बुझेर सुझाव र सल्लाहदिनु आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि झम्कानाथ नेपालले इन्द्रावती कृषि सहकारी आफ्नो लक्ष्य र उद्देश्यप्रति प्रतिबद्ध रहँदै अघि बढिरहेको सक्षम संस्था भएको बताउनुभयो । छोटो अवधिमा करिब साढे तीन करोड रुपैयाँ बराबरको कारोबार गर्न सफल सहकारीले सुशासन, पारदर्शिता र सक्रियताका प्रमाण प्रस्तुत गरेको उहाँको भनाइ थियो । अध्यक्ष नेपालले सहकारीले स्थानीय आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने र कमजोर आर्थिक पृष्ठभूमि भएका नागरिकहरूको जीवनस्तर उकास्न सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । खाद्यान्न, दूध, अण्डा र मासु उत्पादनमा गाउँपालिका आत्मनिर्भरता हासिल गर्ने लक्ष्यअनुरूप अघि बढेको बताउँदै यसमा सहकारीहरूको भूमिका महत्वपूर्ण हुने उहाँले बताउनुभयो । जिल्लामा उत्कृष्ट रूपमा स्थापित सहकारीमध्ये एक बन्न सफल भएकोमा संस्थालाई धन्यवाद ज्ञापन गर्दै पालिका सबै संघ–संस्थाको अभिभावकत्व लिन तयार रहेको प्रष्ट पर्नुभयो ।

सभापति तथा संस्थाका अध्यक्ष रामशरण गिरीले सहकारीलाई प्रविधिमैत्री बनाउँदै डिजिटल कारोबारतर्फ अघि बढाइएको जानकारी दिनुभयो । सहकारी ऐन तथा नियमावलीअनुसार सेयरधनी सदस्यहरूलाई १५% बोनस दिने प्रस्ताव पनि उहाँले कार्यक्रममार्फत प्रस्तुत गर्नुभयो । सहकारीको आगामी वर्षका योजनाबद्ध गतिविधिहरूलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गर्दै समापन गरिएको थियो ।

Leave a Reply