पदेश सांसद तामाङद्धारा नुर्बु छ्योलिङ्ग गुम्बाको शिलान्यास

* # जीवन शैली पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

हेलम्बु गाउँपालिका वडा नम्बर–२ कोलामामा बन्न लागेको नुर्बु छ्योलिङ्ग गुम्बाको शिलान्यास भएको छ । 

बिहीबार आज एक समारोहबिच बागमती प्रदेश सभा सदस्य एवम् नेपाली काँग्रेस संसदीय दलका सचिव कृष्ण कुमार तामाङ (समीर)ले शिलान्यास गर्नुभएको हो । ०७२ सालको भूकम्पले गुम्बाको भौतिक संरचनामा क्षति भएको थियो । भूकम्पले क्षतविक्षत बनाएको गुम्बा भर्खरै मात्र पुनर्निर्माण हुन लागेको हो । 

प्रदेश सभा सदस्य तामाङ निर्वाचित भएर गएपश्चात् तामाङकै पहलमा बागमती प्रदेश सरकारको बजेटमा गुम्बा पुन निर्माणको सुरुवात भएको हो । शिलान्यासको क्रममा बोल्दै तामाङले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि अहोरात्र खटेको बताउनुभयो । उहाँले आफ्नो ठाउँको विकासका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो । फरक प्रसङ्गमा बोल्दै तामाङले हरेक क्षेत्रमा युवा नेतृत्वको आवश्यकता रहेको बताउनुभयो । हेलम्बुबाटै युवा नेतृत्व उदाउनुपर्नेमा उहाँले जोड दिनुभएको छ । 

कार्यक्रममा वडा अध्यक्ष पेम्बा लामा, गुम्वाका प्रमुख लामा, गुम्वा व्यवस्थापन समितिका सदस्यहरू लगायत स्थानीयहरूको उपस्थिति रहेको थियो ।

Leave a Reply