सिन्धुपाल्चोक जिल्लामा ६ हजार पाँचसय जनामा मातिविन्दुको समस्या रहको तथ्याङ्का सार्वजनिक भएको छ ।
जिल्ला सामुदायिक आँखा केन्द्रका आँखा स्वास्थ्य सम्वन्धी नियमित गतिविधि गर्दै आइरहेको केन्द्रको परियोजना सम्वन्धी सल्लाकार समितिको बैठकमा यस्तो तथ्याङ्क सार्वजनिक भएको हो ।
बुधबार भएको बैठकमा तिलगंगा आँखा केन्द्रका नविन राजवंशीले आँखा सम्वन्धी स्वास्थ्य समास्या जिल्लामा बढ्दो अवस्थामा रहेको तथ्याङ्क प्रस्तुत गर्दै तत्काल अप्रेशन गर्नु पर्ने जानकारी दिनुभयो ।
बढ्दो आँखा स्वास्थ्य सम्वन्धी समस्या निराकरण, उपचार र निदान गर्ने हेतुले जिल्लाका २२ जना स्वास्थ्यकर्मीलाई आँखा उपचार सम्वन्धी तालिम प्रदान गरिएको छ ।
नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान गौशालाकोआर्थिक एवम् प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोक समन्वयमा सोमबार जिल्लाका ११ वटा पालिकाका २२ जना स्वास्थ्यकर्मीहरुलाई आँखा स्वास्थ्य सम्वन्धी तालिम सञ्चालन गरेको सामुदायिक आँखा केन्द्र चौताराले जनाएको छ ।
जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका बाहेक अरु सबै पालिकाका स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरिएको प्रशिक्षक नविन राजवंशीले जानकारी दिनुभयो ।
तालिमबाट आँखा स्वास्थ्य सम्वन्धीको समस्या निदान र उपचारका लागि स्वास्थ्यकर्मीहरु सक्षम हुने विश्वास गरिएको छ । यसबाट सेवाग्राहीले स्थानीय स्तरमा नै आँखाका विरामीहरुले सहज, सुलभ र शिघ्र उपचार सेवा पाउने सामुदायिक आँखा केन्द्रकी इञ्चार्ज प्रभा खत्रीले विश्वास व्यक्त गर्नुभयो ।
जिल्ला समन्वय समति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा सामुदायिक आँखा केन्द्र चौताराकी इञ्चार्ज प्रभा खत्रीले विभिन्न समयमा भएको शिविरमा अप्रेशन पश्चात विरामी राख्ने ठाउँ लगायतको समस्या रहेको जनाउँदै आँखा स्वास्थ्य सम्वन्धी जिल्लाको अवस्था, हालसम्मको उपलव्धी, चुनौति र आगामी योजना बारे प्रस्तुतीकारण पेश गर्नु भएको थियो ।