हेलम्बु गाउँपालिकाले प्लाष्टिकजन्य पदार्थलाई निषेध गर्दै तामाका भाँडाहरु प्रयोग गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रममा तामाका भाँडाहरु प्रयोग गर्ने र प्लाष्टिकजन्य पदार्थलाई निषेध गर्ने उल्लेख गरिएकाले कार्यान्वयका लागी सम्पूर्ण शाखाहरु, विद्यालयहरु, वडा कार्यालयहरु र स्वास्थ्य चौकीहरुमा अनुरोध गरिएको गाउँपालिकाका प्रमुख प्रमुख प्रशासकिय अधिकृत राजुभाई श्रेष्ठले जानकारी दिनुभयो ।
गाउँपालिकाले सुचना जारी गर्दै प्लाष्टिकको सामाग्री निषेध निर्णय कार्यान्वयन गर्दा प्रयोग गरिएका प्लाष्टिकजन्य पदार्थहरु निश्चित स्थानमा मात्र विसर्जन गर्ने व्यवस्था मिलाउन समेत आग्रह गरिएको छ । गाउँपालिका र मातहतका कार्यालयमा स्वच्छ र मनमोहक वातावरण कायम गर्ने, जैविक वस्तहरुको मात्र प्रयोग गर्न प्रोत्साहन गर्ने, पर्यटन प्रवर्द्धन, वातावरणीय प्रदुषण तथा जलवायु परिवर्तन न्यूनीकरणमा योगदान पुर्याउने उद्धेश्यले प्लाष्टिक निषेध गरिएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताउनुभयो ।
