जाजरकोट भूकम्प प्रभावितलाई पाँचपोखरी थाङ्पाल गाउँपालिकाले ५ लाख सहयोग गर्ने

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन ।
सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पबाट प्रभावितहरुलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । मंगलबार बसेको कार्यपालिका बैठकले ५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो । भूकम्प प्रभावित क्षेत्रमा राहत,पुनःस्थापना तथा पुनःनिर्माण लगायतका कार्यमा सहयोग पुर्याउन पालिकाले सहयोग गर्ने भएको लामाको भनाई छ ।

यसअघि सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका, चौतारा साँगाचोकगढी नगरपालिका,बलेफी, जुगल, बाह्रविसे, त्रिपुरासुन्दरी र भोटेकोशीले राहत रकम घोषणा गरिसकेका छन् । मेलम्चीले २० लाख चौताराले १७ लाख,बाह्रविसे नगरपालिकाले १५ लाख, भोटेकोशी गाउँपालिकाले १० लाख, त्रिपुरासुन्दरी गाउँपालिकाले १० लाख, बलेफी गाउँपालिकाले ५ लाख र जुगल गाउँपालिकाले ३ लाख सहयोग गर्ने घोषणा गरेका थिए ।

Leave a Reply