निर्वाचित महिला जनप्रतिनिधिहरूकाे लागि ३ दिने नेतृत्व क्षमता बिकास कार्यक्रम इन्द्रावती गाउँपालिकामा सुरू भएकाे छ ।
पाँच बर्षकाे कार्यकाल कसरी चलाउने, कसरी बिताउने भन्ने बिषयमा याे कार्यक्रम गरिएकाे महिला तथा बालबालिका शाखा प्रमुख सुजाता गाैतमले बताउनुभयाे ।
बार्षिक कार्ययाेजना बनाएरै दक्षता अभिबृद्वि तथा क्षमता अभिवृद्विकाे कार्यक्रम गरिएकाे गाउँपालिकाका अध्यक्ष झम्क नाथ नेपालले जानकारी दिनुभयाे । ‘जनप्रतिनिधिमा निर्वाचित भएपछि जनतालाई कस्ताे सेवा दिनुपर्छ भनेर सबैले जानकारी लिनुपर्छ’ नेपालले भन्नुभयाे ।
एउटा पालिका सम्पन्न हुन स्राेत, कार्यक्षमता / कार्यदक्षता र काम गर्ने कानुन / कार्यविधि आवस्यक हुने अध्यक्ष नेपालकाे भनाई छ ।
महिलाहरूलाई क्षमतावान बनाउनकाे लागि याे कार्यक्रम गरिएकाे गाउँपालिकाका उपाध्यक्ष शाेभना तामाङले जानकारी दिनुभयाे।
तालिमकाे प्रशिक्षक, जुगल गाउँपालिकाकाे पुर्व उपाध्यक्ष सृजना तामाङ रहनुभएकाे छ । कार्यक्रम पाैष ३ गते देखि ५ गते सम्म सञ्चालन हुनेछ ।