मेलम्ची,
नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् सिन्धुपाल्चोक जिल्ला इन्चार्ज गोकुल बास्कोटाले मेलम्चीका नागरिकलाई सरकारले न्याय दिन नसकेको बताउनुभएको छ । राष्ट्रिय मानवाधिकार तथा सामाजिक न्याय मंच नेपाल द्वारा आयोजित मेलम्ची नगर स्तरीय प्रथम भेलालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
छुमन्तरकि बाचा, छोयो कि निको हुने गठबन्धनको सरकार बनेको भन्ने ब्यंग्य गर्दै बासकोटाले गठबन्धनको सरकार बनेको लामो समय हुँदा पनि कृषकले मल नपाएको बताउनुभएको छ । यो सरकारले मेलम्ची पुननिर्माणमा पनि ध्यान नदिएको उहाँले आरोप लगाउनुभयो । मेलम्ची बाढी पिडितले लामो समय भइसक्दा पनि क्षतिपुर्ती नपाएकोमा पनि उहाँले दुख व्यक्त गर्नुभयो ।
मेलम्चीका नागरिकको बाढीले बगाएको खेतमा फेरिपनि धान रोप्ने स्थीतिमा ल्याउन सरकारले काम गर्न नसकेको उहाँले आरोप लगाउनुभएको छ । बाढी गएको बर्षाैँ बितिसक्दा पनि सरकार मेलम्चीमा फर्केर नआएको उहाँको आरोप छ ।
मेलम्ची पुननिर्माण गर्न नसक्ने नेतालाई यहाँको जनताले भोट हालेर जिताएर पठाएको भन्दै अव जनताको दुखमा साथ दिने नेतालाई मात्र चुन्नुपर्ने उहाँको धारणा छ । अव नागरिकको पिरमर्का बुझ्ने नेता छान्न सक्ने बनाउनु नै न्यायको आन्दोलन भएको उहाँले बताउनुभयो ।
बाढीले मेलम्चीका नागरिकको घरबास उठाएको र सरकार बाट त्यसको जवाफ चित्त बुझ्दो नआएको उहाँले बताउनुभयो । सरकार संग मेलम्चीबासीले न्यायको लागी लड्न आवश्यक रहेको र नलडी न्याय नपाइने अवस्था आएको उहाँको भनाई छ ।