रेडियो मिसन ।
बागमती प्रदेशका सांसद कृष्ण कुमार तामाङ (समीर) ले आगलागी पिडित हेलम्बुका घनश्याम गजुरेलको परिवारलाई सहयोग गर्नुभएको छ । शनिबार सांसद तामाङ सहितको टोलिले हेलम्बु –६, निवासी लप्सेटोलका घनश्याम गजुरेलको परिवारलाई खाद्यान्न,किचेन सामाग्री र नगद सहयोग गर्नुभएको सांसद तामाङका स्वकिय सचिव विशाल राउतले जानकारी दिनुभयो ।
गजुरेलको गत ११ गते घरमा आगलागी भई घरको अन्नपात,खाद्यान्न,लत्ताकपडा लगायत सामाग्रीको जलेर नष्ट भएको थियो ।
आज शनिवार सांसद तामाङ सहित हवडा नम्बर ६, का निर्वाचित जनप्रतिनिधि सेनाम दोर्जे तामाङ, नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका नेताहरु भरत खड्का, सुनिल कुमार दोङ, मनोज तामाङ, पुर्णबहादुर तामाङ, रामशरण गिरी, अमर लामा, खेतनाथ घिमिरे, बोधबिक्रम पण्डित, मैना पण्डित नेपाल तरुण दल सिन्धुपाल्चोकका नेताहरु फुर्वा लामा,श्याम लामा,राजु दोङ्ग,बिक्रम तामाङ, नेपाल विद्यार्थी संघका नेताहरु प्रबिण जङ्ग कार्की, निस्चल गिरि, दिपेशराज खनाल, सरोज बस्नेत लगायत प्रहरी र स्थानियबासिहरुको उपस्तिथिमा सामाग्री हस्तान्तरण गरिएको हो ।