रेडियो मिसन ।
ट्याङ्करको ठक्करबाट निधन भएका अनेरास्ववियुको नेताहरुको परिवारले पाउनुपर्ने क्षतिपुर्ति तथा न्यायका लागि प्रहरी प्रशासनले समन्वय नगरेको भन्दै जिल्ला सदरमुकाम चौतारामा आन्दोलन गरेका छन् ।
ठक्कर दिने ट्याङ्करको सञ्चालकहरु सम्पर्कमा नआएको र त्यसमा प्रशासनले कुनै पहलकदमी नगरेको भन्दै विद्यार्थीहरुले आन्दोलन गरेका हुन् । जिल्ला प्रहरी कार्यालय चौताराको परिसरमा टायर बालेर आन्दोलन सुरु गरेको अनेरास्ववियुका संयोजक सितल मोक्तानले जानकारी दिनुभयो ।
अखिलका दुई नेता नविन पाण्डे र समिर दोङको सडक दुर्घटना मात्र नभई हत्या भएको उहाँले आरोप आरोप लगाउँदै उहाँले दोषि उपर कारबाहि गरि पिडितले क्षतिपूति पाउनुपर्ने माग गर्नुभएको छ ।