रेडियो मिसन ।
सवारी दुर्घटनामा सिन्धुपाल्चोक जिल्लाका अनेरास्ववियुका दुई नेताको निधन भएको । अनेरास्ववियुका सिन्धुपाल्चोकका सह संयोजक नवीन पाण्डे र जिल्ला कमिटी सदस्य समीर दोङ बलेफिमा भएको वाइक दुर्घटनामा परी निधन भएको अनेरास्ववियुले जानकारी दिएको छ । संगठनको कामको शिलामा बाह्रबिसे जाँदै गर्दा उनीहरू दुर्घटनामा परेका हुन् ।
शनिवार आज दिउँसो करिव १ बजेर २० मिनेटको समयमा चौतारा साँगाचोकगढी न.पा. ९ घुमाउने डाँडा स्थित अरनिको राजमार्गमा खाडिचौरबाट बन्देउ तर्फ जाँदै गरेको ना.८ ख ३७६ नं.को पेट्रोल बोक्ने ट्याङकरले बिपरित दिशाबाट आउदै गरेको बा.प्र.०२–०३१ प ५९७६ नं.को मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार दुवै घाइते भएपछि उपचारको लागी धुलिखेल अस्पताल लगिएकोमा उपचारका क्रममा निधन भएकोे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
मृत्यु हुनेमा पाँचपोखरी थाङपाल गा.पा. १ बासखर्क बस्ने २७ वर्षीय समिर तामाङ र मोटरसाईकल पछाडी सवार मेलम्ची न.पा. ११ जरायोटार पाण्डेगाँउका २७ वर्षकै नबिन पाण्डे रहेका छन् । उनिहरुको उपचारकोे क्रममा दिउँसो ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक संजिव कुमार यादवले जानकारी दिनुभयो ।
ठक्कर दिने ट्याङकर र चालक मकवानपुरको थाहा न.पा. १२ का बर्ष २८ वर्षीय भिम बहादुर तितुङ लाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।