
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाले पालिकाभरका सामुदायिक तथा निजीविद्यालयहरुमा शैक्षिक सत्र ८०÷८१ बाट स्थानीय पाठ्यक्रम लागु गरेको छ ।
गाउँपालिकाभरकाविद्यालयका कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागु गरेर बैशाख देखि नै पठन पाठन सुरुगरेको हो । गाउँपालिकाले तयार पारेको स्थानीय पाठ्यक्रमको सुनकोशी गाउँपालिकाकाअध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले सार्वजजिनक गर्नुभएको छ । नेपालको संविधानले परिलक्षीत गरे बमोजीम स्थानीय पाठ्यक्रम तयार गरेरगाउँपालिकाले सबै विद्यालयहरुमा लागु गरेको हो ।
स्थानीय तहको दोस्रो निर्वाचनबाटनिर्वाचीत जनप्रतिनिधिहरुले आफ्नो कार्यकालको पहिलो वर्षमा नै शैक्षिक क्षेत्रमा स्थानीयविषय बस्तुलाई समेत समावेश गर्नका लागि स्थानीय पाठ्यक्रम तयार पारेर विद्यालयहरुमाकार्यन्वयनका लागि पठाएको हो ।गाउँपालिकाले वाधभैरव माध्यमिक विद्यालयका प्रधानध्यापक विष्णुप्रसादन्यौपानेको संयोजकत्वमा ६ सदस्यीय स्थानीय पाठ्यक्रम निर्माण कार्यदल गठन गरेकोथियो ।
कार्यदलले दुइ महिना लगाएर सरोकारवाला र सम्बन्धीत विज्ञहरुसँग छलफल र रायसुझाव समेटेर हाम्रो सुनकोशी नाम दिएर स्थानीय पाठ्यक्रम तयार गरेको थियो । स्थानीय पाठ्यक्रममा सुनकोशी गाउँपालिकाको परिचय, पालिका भित्रका सस्कृतिसंस्कार, प्राकृतिक सम्पदा, मानव निर्मीत सम्पदा, घरेलु उद्योग,पशुपन्छी, माछापालन, हाम्रापेशा व्यावसाय लगायतका नौ विषयबस्तुहरु समावेश गरिएको पाठ्यक्रम निर्माण समितिकासंयोजक विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो । पाठ्यक्रममा कक्षागत सिकाइ उपलब्धी, विषय क्षेत्रगत कार्यघण्टा, विषय बस्तुकोविस्तृतिकरण सिकाइ सहजिकरण प्रक्रिया, सम्भाव्य शिक्षण सिकाइ विधी, विद्यार्थी मुल्यांकन लगायतका विषयबस्तुहरु समेटिएकाछन् ।
स्थानीय पाठ्यक्रम लागु भएर कक्षा ८ सम्मको अध्ययन पुरा हुदा सबै विद्यार्थीहरुलेगाउँपालिका भित्रको सम्पुर्ण जानकारी प्राप्त गर्न सक्षम हुने गाउँपालिकाका प्रमुखप्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले जानकारी दिनुभयो । स्थानीय पाठ्यक्रम सार्वजनिकीकरण कार्यक्रममा सुनकोशी गाउँपालिकाका अध्यक्षटपिन्द्रप्रसाद तिमिल्सिनाले स्थानीय पाठ्यक्रम लागु भएपछि गाउँपालिका भित्रका विद्यालयलेआफ्नो भुगोलको बारेमा ज्ञान प्राप्त हुने बताउनुभयो ।
आगामी शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम अनुसारकक्षा– १ देखि ८ सम्म नै पाठ्यपुस्तक समेत तयार पारेर विद्यालयहरुमा उपलब्ध गराइने अध्यक्षतिमिल्सिनाले जानकारी दिनुभयो ।गाउँपालिकाकी उपाध्यक्ष कान्छी लामाले स्थानीय विषयबस्तु समेटेर तयार पारीएकोपाठ्यक्रम विद्यार्थी,शिक्षक र विद्यार्थीहरुका लागि व्यावहारीक हुने बताउनुभयो । कार्यक्रममा शिक्षा क्षेत्रसँग सम्बन्धीत विज्ञहरुलेगाउँपालिकाले पहिलो वर्षमा नै सुरु गरेको यो प्रयास शैक्षिक सुधारका लागिमहत्वपुर्ण हुने बताउनुभयो ।
