रेडियो मिसन ।
गैह्र सरकारी संस्था महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकको १८ औ साधारणसभा तथा दशौ अधिवेशन सुरु भएको छ । आज ईन्द्रावती गाउँपालिका ७ सिपापोखरे स्थित सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चको केन्द्रीय कार्यालयमा दशौ अधिवेशनको उद्घाटन भएको हो । कार्यक्रमको महासंघका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदी र ईन्द्रावती गाउँपालिकाको अध्यक्ष झम्क नेपालले उद्घाटन गर्नुभयो ।
उद्घाटन समारोहमा बोल्दै केन्द्रीय अध्यक्ष सुवेदीले नागरिक आन्दोलनमा निरन्तरता दिँदै समुदायको शक्ति परिचालनमा महासंघ लागिरहने बताउनुभयो । नेपालको संविधानले परिकल्पना गरेको अवधारणालाई परिपालन गर्दै नागरिक मैत्री शासन, विकास र संमृद्धिमा सामाजिक संस्था केन्द्रीत रहने बताउनुभयो ।

कार्यक्रममा आफ्नो धारणा राख्दै गाउँपालिका अध्यक्ष नेपालले राजनीतिक, सामाजिक, आर्थिक संकटमा सामाजिक संस्थाले सरकारलाई सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । ‘विकास र संमृद्धिको लक्ष्य प्राप्तिमा सामाजिक संस्थाहरुले अहम् भूमिका निर्वाह गर्नु आवश्यक छ’– अध्यक्ष नेपालले भन्नुभयो । अध्यक्ष नेपालले आपूmहरुले सामाजिक संस्थाहरुसँग समन्वय गरी साझेदारी कार्यक्रमहरु गरिरहेको जानकारी दिनुभयो ।

दिगो विकासलाई स्थानीयकरणमा महासंघ केन्द्रीत रहेको महासंघका महासचिव अर्जुन भट्टराईले जानकारि दिनुभयो । अद्यमशीलता र आर्थिक समृद्धिका क्षेत्रमा सामाजिक संस्था केन्द्रीत रहेको भट्टराईको भनाई छ ।
उद्घाटन समारोहमा शुभकामना मन्तब्य राख्दै नेपाल वार एसोसिएसन सिन्धुपाल्चोका सचिव शशीनाथ आचार्य, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका सचिव बिदुर आचार्यले रुपान्तरित अभियान संचालन गर्न सुझाव दिनुभयो । संंघियता कार्यान्वयनसँगै निर्माण भएका सबै तहमा नागरिक समाजको मुद्दा, आवाज र आवश्यकता अनुरुपको कार्यक्रमको तय गर्न उहाँहरुको आग्रह छ ।
कार्यक्रममा ईन्द्रावती ७ का अध्यक्ष रविन्द्र खाती, महासंघका पूर्व केन्द्रीय सदस्य सोम सापकोटा, केन्द्रीय कोषाध्यक्ष नानीमैया थापा, उपमहासचिव राजेन्द्र शर्मालगायतले शुभकामना राख्नुभयो । ३९ संस्था आवद्ध जिल्ला शाखाको नयाँ नेतृत्वको प्रक्रिया आजै हुने महासंघ जिल्ला शाखाका अध्यक्ष गोविन्द सापकोटाले जानकारि दिनुभयो ।