सिन्धुपाल्चोकका जिल्लाको सबै भुभागमा यतिबेला पानि परिरहेको छ । यो क्रम भोली (सोमबार) सम्म रहने जल तथा मौषम विज्ञान विभागले जनाएको छ ।
यस जिल्ला भएर बग्ने मेलम्ची, इन्द्रावती, सुनकोशी, ब्रमायणी, भोटेकेशी लगायत ठुला तथा सहायक नदिका बहाव बढेको छ । नदि तटिय क्षेत्रमा सजगता अपनाउनुपर्ने मौसमविदहरुले बताएका छन् । सानादेखी ठुला सबै खोला तथा खोल्सीहरुमा पानिको सतह बढेको छ ।
हालसम्म प्राप्त जानकारी अनुसार मेलम्चीबाट हेलम्बु जाने सडकको मेलम्ची ११ स्थीत सिमखेतमा खोलाको कारण बाटो बन्द भएको छ । यस्तै पाँचपोखरी थाङ्पाल गाँउपालिकाको वडा नम्बर ८ को उत्तिसघारीमा पहीरोका कारण बाटो बन्द भएको छ । बाह्रबिसे नगरपालिका वडा नं ५ स्थित सिरिसेमा माथिबाट पहिरो खसेको छ । १८ परिवार जोखिममा रहेका छन् ।
भोटेकोशी गाउँपालिकाका केही खाली स्थानमा रहेका भिर क्षेत्रमा सामान्य पहिरो खसेको छ । हालसम्म क्षति भने नभएको जानकारी प्राप्त भएको छ । बाह्रबिसे तातोपानी सडक खण्डको चाकु, लार्चा क्षेत्रमा माथिबाट पहिरो खसि यातायात केहीबेर अवरुद्ध भएको र पहिरोको अवस्था हेरेर सफा गरि यातायात संचालन गरिएको छ । बेला बेलामा माथिबाट ढुङ्गा खस्ने क्रम जारी रहेकोले सजग हुन प्रहरीले अनुरोध गरेको छ ।
अवरुद्ध सडकलाई पानी कम भए लगत्तै सुचारु गर्ने बताउँदै मेलम्ची नगरपालीका प्रमुख आइतमान तामाङले बाढीको वहाव बढेकोले तटिय क्षेत्रमा बसोबास गर्ने स्थानियलाई सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ ।
हेलम्बु गाउँपालिकाका वडा नं १,२,७ र ३ वडाहरुमा जाने सहायक सडक बीच बीचमा पहिरोले अवरुद्ध भएकोमा पालिकाको स्काभेटरले बाटो खुलाउने कार्य भएको र उक्त स्काभेटर तयारी हालतमा राखी सडक खुलाउने कार्य भइराखेको गाँउपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दीनुभयो ।
जिल्लाभर रहेका १२ बर्षा मापन यन्त्रहरुको सूचना अनुसार विगत २४ घण्टामा मध्यम बर्षा भएको छ । जोखिम रहेका क्षेत्रहरुमा सजगता अपनाउनुपर्ने मौसमविदहरुले सुझाव दीएका छन् । जिल्लाका सबै सुरक्षा निकायहरु संभावित जोखिम हुनसक्ने क्षेत्रहरुको निरन्तर निगरानी गरी तयारी अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।