रेडियो मिसन ।
अन्तर्राष्ट्रिय कोदोजन्य बाली बर्ष २०२३ इन्द्रावतीमा मनाइएको छ । आज एक कार्यक्रमका बिच इन्द्रावती गाउँपालिका ५ डडुवाखर्कमा अन्तर्राष्ट्रिय कोदोजन्य बाली बर्ष २०२३ मनाइएको हो ।
कोदोजन्य बाली अभियान अन्तर्गत कोदोको महत्व र यसका फाइदाहरूको बारेमा जानकारी दिइएको छ । परम्परागत रूपमा लगाईदै आएको कोदो बालिको परम्परालाई त्यागेर नयाँ प्रविधि बाट कोदो लगाउन सकेमा धेरै कोदो फल्ने खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर ईकाई सिन्धुपाल्चोकका बालि मूल्य श्रीङखला बिज्ञ विशाल पौडेलले जानकारी दिनुभयो ।
नेपाल सरकार कृषि तथा पशुपन्क्षी बिकास मन्त्रालय, कृषि बिभाग, बाली बिकास तथा कृषि जैविक बिबिधता संरक्षण केन्द्र तथा संयुक्त राष्ट्र संघिय खाद्य तथा कृषि संगठनको आयोजनामा कार्यक्रम गरिएको हो । खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर ईकाई सिन्धुपाल्चोक र सामुदायिक बिकास तथा वातावरण संरक्षण मन्चको सहजिकरणमा सो परियोजना इन्द्रावती गाउँपालिकामा लागू गरिएको हो ।
परम्परागत रूपमा मकै भाच्नु अघि कोदो लगाउँदै आईएको छ । साथै गोडमेल नगर्ने तथा गुणस्तरीय बिरूवा नलगाउने गरेका कारण कोदो कम फल्ने गरेको छ ।
इन्द्रावती ५ मा गरिएको नयाँ प्रविधि अन्तर्गत कोदोको ब्याडमै कोदोको उपचार गरिएको छ । कोदो लगाउँदा २ पटक जोतेर मल राखिएको छ । कोदोको एक बोट बाट अर्काे बोटको अन्तर २० सेन्टिमिटर रहेको छ । डिएपि, युरिया र एमओपी मल सिफारिस अनुसार राख्ने । साथै युरिया मल आधा बिरुवा रोप्ने बेलामा र युरिया टप ड्रेस पहिलो कोदो रोपेको २० देखि २५ दिनमा र दोस्रो फुल खेल्ने बेलामा राख्ने गरिन्छ । डडुवाखर्कमा २ रोपनी खुल्ला जमिनमा नयाँ प्रविधि बाट यस बर्ष कोदो लगाएर परिक्षण गरिएको हो ।
कार्यक्रममा इन्द्रावती गाउँपालिकाकि कृषि शाखा प्रमुख रविना कोजुले गाउँघरमा अझैपनि कोदो रोप्दा परम्परागत रूपमा खनेर रोप्ने गरिएको र गहिरो खनजोत गरेर यान्त्रीक उपकरण प्रयोग गरेर नयाँ प्रविधि प्रयोग गरी कोदो रोप्दा फल राम्रो हुने बातउनुभयो । कोदोको सेवनबाट मधुमेह, दिर्घरोगीको लागि कोदो लाभदायी हुने र कोदो पर्याप्त लगाएर आर्थिक रूपमा सबल बन्न सकिने उहाँको भनाई छ । साथै कोदोमा लाग्ने रोगको औषधी पनि पालिकाले उपलब्ध गराउने गरेको जानकारी पनि दिनुभयो ।
सामुदायिक बिकास तथा वातावरण संरक्षण मन्च का कार्यकारी निर्देशक, गोविन्द प्रसाद सापकोटाले कोदो रोग कम लाग्ने बाली भएको र सुधारिएको तरिकाले कोदो रोप्न सके प्रभावकारी हुने बताउनुभयो ।
खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाकी कार्यक्रम प्रशिक्षक हिमानी ओलीले कोदो चौथो महत्वपुर्ण बालीको रूपमा रहेको र कोदोजन्य बाली अभियानको लागि यस क्षेत्रमा आएको बताउनुभयो । हामीले दैनिक रूपमा यसको सेवन गरेमा मधुमेह, क्यान्सर जस्ता रोगको रोकथाम गर्न सक्ने बताउनुभयो ।
खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर ईकाई सिन्धुपाल्चोकका बालि मूल्य श्रीङखला बिज्ञ विशाल पौडेलले ४ बर्षदेखि कृषकलाई प्रवर्द्वन गर्ने काम गरिरहेको र यसका लागी विद्यालयमा जनचेतनाको कार्यक्रम गरिएका बताउनुभयो । गाउँपालिकाले आगामी दिनमा यस्ता कार्यक्रम लाई लागू गरेर काम गरोस भन्ने उद्देश्य रहेको उहाँले बताउनुभयो ।
खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर ईकाई सिन्धुपाल्चोकले विभिन्न बालीको बिउहरू बितरण गर्दै आएको छ । किसानको आर्थिक उन्नतीको लागि काम गर्दै आएको छ ।
यसैबिच इन्द्रावती गाउँपालिकाको नवलपुर मावी र राजेश्वरी माविमा बिद्यालय कोदोजन्य बाली अभियान सम्पन्न गरिएको छ । परियोजनाले दोलखाको बिद्यालयमा समेत अभियान गरिएको छ । हाल सम्म १५ जिल्लामा १०० बढी बिद्यालयमा अभियान गरिएको बालि मूल्य श्रीङखला बिज्ञ विशाल पौडेलले जानकारी दिनुभयो । बिद्यालयमा यसको फाइदा बताएपश्चात बिद्यार्थीले कोदोको परिकारहरू बनाएर खाजा, खानामा यसलाई लागू गरेको बताईएको छ ।