चौतारा
सिन्धुपाल्चोकमा पछिल्ला वर्षको अबधिमा आत्महत्या गर्नेको संख्या बढेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
समुदायमा पछिल्लो समय तिव्र रुपमा वृद्धि भइरहेको आत्माहत्याको दर न्यूनिकरणमा सचेतना जगाउदै सिन्धुपाल्चोक चौतारामा आयोजित प्रभातफेरी सहित अन्तरक्रीया कार्यक्रममा प्रहरीले उक्त कुरा बताएको हो ।

यो आर्थिक वर्षको दुई महिनाको बिचमा १४ जनाले आत्महत्या गरेको प्रहरी भनाई छ । अघिल्लो आर्थिक वर्ष २०७७\०७८ १०७ जना तथा २०७६\७७ मा १ सय १५ जनाले आत्महत्या गरेको तथ्याङ्क छ ।
सामान्य अवस्थामा कम आत्माहत्याका घटनाहरु घटेको भए पनि लकडाउनको समयमा भने आत्मा हत्याका घटनाहरुमा बृद्धि भएको प्रहरी उपरिक्षक रामेश्वर प्रसाद यादवले जानकारी दिनुभयो ।
आत्मा हत्या बढ्नुका पछाडी सामाजिक, परिवारिक, प्रेम, एक्लोपन र मानासिक कारणहरु रहेको मनोविद् तथा प्रध्यापक नगेन्द्र दंगालले बताउनुभयो । कतिपय मानिसहरु समयमा उनीहरुसँग कुरा गर्नुपर्छ भन्ने जान्दाजान्दै पनि कुरा नगरिदिनाले उनीहरुको मनमा आत्महत्या गर्ने प्रोत्साहन झन् बढ्नेगरेको मनोविद् दंगालले बताउनुभयो ।
सिन्धुपाल्चोकमा आत्महत्याको चित्र डरलाग्दो तरीकाले आउनु चिन्ताको बिषय रहेको सरोकारवालाले बताएका छन् ।
