त्रिपुरासुन्दरीमा १३ सय बढी पशुमा लम्पी स्किनविरुद्धको खोप लगाईयो

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

पशुमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगविरुद्ध जिल्लाको त्रिपुरासुन्दरी गाउँपालिकाले खोप कार्यक्रम सञ्चालन गरेको छ।

गाउँपालिकाको आयोजनामा पालिकाका ६ वटै वडाका १४ सय गाई, भैँसीहरुलाई लम्पी स्किन विरुद्धको खोप लगाइएको ६ नम्बर वडाका अध्यक्ष तथा गाउँपालिका प्रवक्ता रमेश बोहराले जानकारी दिनुभएको छ ।

हालसम्म गाउँपालिकाभित्रका तौथली ,टेकानपुर ,चोकटी लगाएतका ठाउँका ६/७ वटा पशुहरु लम्पी स्किनबाट सङ्क्रमित भएको प्रवक्ता बोहराको भनाई छ । गाउँपालिकामा पनि यो रोगका सङ्क्रमित पशुचौपाय देखिन थालेपछि लम्पी स्किन रोग नफैलियोस भन्ने हेतुले गाउँपालिकाले अगावै खोप अभियान सुरुगरेको गाउँपालिका अध्यक्ष भक्त ध्वज बोहराले बताउँनुभयो ।

उँहाले भन्नुभयो, ‘कृषकहरुको पशुपालनबाटै आयआर्जन हुने भएकाले रोग व्यवस्थापनका लागी खोप लगाएका हौँ । भोलीका दिनमा रोग फैलिदै गएमा खोप अभियानलाई निरन्तरता दिनेछौँ । ’

१,२,३ नम्बर वडामा प्राविधिक बद्री भटराई, ४,५,६ वडामा लिला खत्री प्राविधिकले खोप लगाउँनुभएको थियो भने हातेमालो इसाढ्को पनि सहयोग रहेको थियो ।  भेटेनरी अस्पताल विज्ञ सेवा केन्द्र चरिकोटले औषधी सहयोग गरेको छ ।

लम्पी स्किन गाई भैँसीलाई हुने सङ्क्रामक रोग हो । लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्ने गरेको पशु स्वास्थ्य प्राविधिकको भनाइ छ । गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्ने र ती कीरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप अझ बढी देखिन्छ ।

Leave a Reply