नवलपुर ।
इन्द्रावती गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले नवलपुर प्राथमिक अस्पतालको अनुगमन गर्नुभएको छ ।
अध्यक्ष नेपाल सहितको टोलीले आज अस्पतालको अनुगमन गर्नुभएको हो ।
नेपालीहरुको महान चाड पर्वहरु नजिकिदै गरेको बेला अस्वस्थताका कारण अस्पतालमा भर्ना भइ बेड रेष्टमा रहेका बिरामीहरुलाई अध्यक्ष नेपालले सिघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको गाउँपालिका अध्यक्षको सचिवालयले जनाएको छ ।