इन्द्रावती ५ द्वारा जेष्ठ नागरिकलाई फलफुल र जुस बितरण, दोसल्ला ओढाएर सम्मान

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, नवलपुर ।
इन्द्रावती गाउँपालिका वडा नं ५ ले वडाभित्रका ८० बर्ष पार गरेका जेष्ठ नागरिकलाई फलफुलतथा जुस बितरण गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरेको छ ।

अन्तराष्ट्रिय मजदुर दिवसको अवसर पारेर सो कार्यक्रमको आयोजना गरिएको इन्द्रावती ५ का वडा अध्यक्ष शशिनाथ आचार्यले जानकारी दिनुभयो । वडा कार्यालयका अनुसार ८० बर्ष कटेका ५० जनाभन्दा बढी जेष्ठ नागरिकहरु वडाभित्र रहेका छन ।
८० बर्ष माथीका बृद्वबृद्वालाई भेट्न वडाव्यापी रुपमा गइरहेको वडा अध्यक्ष आचार्यको भनाई छ ।

५ नं वडा कार्यालयको तर्फबाट यो कार्यक्रमको आयोजना गरिएको हो । सामाजिक क्षेत्र लगायत बिभिन्न क्षेत्रलाई योगदान दिएका र हाल असक्त रहेका ८० बर्ष माथीका बृद्वबृद्वालाई वडा कार्यालयले सम्मान गरेको हो । जेष्ठ नागरिक भनेको अनुभवको खानी भएको बताउँदै भेटघाटको क्रममा सुस्वास्थ्य तथा दिर्घायुको कामनागर्दै उहाँहरुबाट अबशिर्वाद पनि लिने आचार्यको भनाई छ ।

जेष्ठ नागरिकलाई एक एक वटा दोसल्ला ओढाएर सम्मान गर्नुका साथै फलफुल र जुस समेत दिइएको छ । वडा कार्यालयबाट जेष्ठ नागरिक लक्षित कार्यक्रम अन्तर्गत बिनियोजित २५ हजार रुपैयाँबाट सो कार्यक्रम गरिएको हो । वडाभित्रका सबै जेष्ठ नागरिकलाई भेट्ने लक्ष्य वडा कार्यालयको छ । आज सोमवार २६ जनालाई भेट गरिएको र बाँकीलाई यहि २२ गते भेटघाट गर्ने वडा कार्यालयले जनाएको छ ।

Leave a Reply