मेलम्चीमा स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्रको सुरुवात

* # पालीका खबर समाचार सिन्धुपाल्चोक

मेलम्ची ।

मेलम्ची नगरपालिकामा स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र (Local Emergency Operation Centre) को सुरु गरिएको छ ।

केन्द्रको आइतबार मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङ, उपमेयर उमा प्रधान तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव राजेन्द्र शर्माले उद्घाटन गर्नुभएको हो ।

क्षेत्रीय एकीकृत बहुप्रकोपीय पूर्व सूचना प्रणाली (RIMES) को प्राविधिक सहयोगमा स्थापना तथा सञ्चालन गरिएको यस केन्द्रले विपद् पूर्व तयारी तथा प्रतिकार्यका लागि आवश्यक कार्य गर्नुका साथै समग्र पालिकाको विपद् संग सम्बन्धित जानकारी तथा सूचनाहरूको संकलन, विश्लेषण तथा व्यवस्थापन गर्ने लक्ष्य लिएको नगरपालिकाले जनाएको छ ।

साथै यस केन्द्रले जिल्ला, प्रदेश तथा केन्द्रिय आपतकालीन कार्य सञ्चालन केन्द्र सँग आवश्यक समन्वय गरि बहुप्रकपीय जोखिमलाई कम गरि विपद् बाट हुने भौतिक तथा मानवीय क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्य रहेको छ ।

Leave a Reply