रेडियो मिसन, नवलपुर ।
इन्द्रावती गाउँपालिकामा ४ दिने डम्फु निर्माण तालिम सम्पन्न भएको छ । इन्द्रावती गाउँपालिका र तामाङ महिला विकास केन्द्रको साझेदारीमा आयोजित पालिका स्तरीय डम्फु निर्माण तालिम गाउँपालिका अध्यक्ष झम्क नेपालको प्रमुख आतिथ्यता र तामाङ महिला विकास केन्द्रका कार्यवाहक अध्यक्ष शान्ति थिङ तामाङको सभाध्यक्षमा समापन भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष झम्क नेपालले पालिकामा बहुसांस्कृतिक सङ्ग्राहालयका निर्माण निर्माण गर्ने बताउनुभएको छ । गाउँपालिका भित्र बिभिन्न जात जातीका नागरिक बसोबास रहेको बताउँदै सबै जात जातीलाई गाउँपालिकाले समान रुपमा महत्वका साथ हेर्ने र पालीकामा सबै जात जातीको संस्कृति झल्किने सामाग्री तथा भेषभुषाहरु सङ्ग्रहित गर्ने गरी बहुसांस्कृतिक सङ्ग्रहालयको निर्माण गर्ने बताउनुभएको हो ।

तालिम पश्चात सहभागीहरूले डम्फु बनाउन सक्षम भएको र आफूलाई आवश्यक पर्दा मात्रै नभई बिक्रीका लागी समेत बनाउने सक्ने भएको बताएका छन् । जसका लागी गाउँपालिकाको साथ र सहयोग आवश्यक पर्ने बताएको गाउँपालिका अध्यक्षको सचिवालयका सुनिल तामाङले जानकारी दिनुभयो ।

चैत २७ गते देखि सुरु भएको तालिममा गाउँपालिका भित्रका महिला तथा पुरुष गरी २५ जनाको सहभागिता रहेको थियो ।