रबिन दनुवार, नवलपुर ।
इन्द्रावती गाउँपालिकामा ६६ औँ राष्ट्रिय सहकारी दिवस सम्पन्न भएको हो । गाउँपालिकाको आयोजना र इन्द्रावती सहकारी सञ्जालको समन्वयमा एक कार्यक्रम गरी दिवस मनाएको हो । इन्द्रावती गाउपालिका अध्यक्ष झम्क नाथ नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा अध्यक्ष झम्क नाथ नेपालले नागरिकको आर्थिक सामाजिक रुपान्तरणको लागि सहकारीको भुमिका महत्वपूर्ण रहने बताउनुभयो । सहकारी मार्फत नै विकास र समृद्धिको परिकल्पना गर्न सकिने अध्यक्ष नेपालले बताउनुभयो । सहकारी आन्दोलन मार्फत कृषिलाई आधुनिकिकरण गर्न र पशुपालनलाई व्यवसायीकरण गर्न आफू लागिरहेको उहाको भनाइ रहेको थियो । पालिकामा हाल ७४ वटा सहकारी दर्ता भएको र यो संख्यामा सहकारीको खाँचो नभएको भन्दै सहकारी मर्च गर्नु पर्ने आवश्यकता रहेको बताउनुभयो । पालिकाले एउटा वडा एक सहकारीको नीति अघि बढाइरहेको उहाँले जानकारी दिनुभयो । सहकारीबाट गरिबी निवारण र जीवनस्तर उकास्ने उद्देश्यले ऋण उपलब्ध गराउनुपर्नेमा अध्यक्ष नेपालले आग्रह गर्नुभयो । कृषि र पशुपालनलाई व्यवसायी करण गरेर मात्रै नागरिकको जीवनस्तरमा सुधार ल्याउन सकिने नेपालले बताउनुभयो ।
कृषि क्षेत्रलाई व्यवसायीकरण गर्ने उद्देश्यले पालिकाले प्रति लिटर दुधमा ४ रुपैया अनुदान प्रदान गरेको अध्यक्ष नेपालले बताउनुभयो । दूध व्यवसायलाई प्रोत्साहन गर्नका निम्ती ५०० लिटर दूध उत्पादन गरेमा हजार लिटरको चिलिङ् भ्याट स्थापना गरिदिने नीति लिएको उहाँले बताउनुभयो ।
त्यस्तै ५, १० र ८ मा चिलिङ् भ्याट प्रदान गरि सकेको बताउँदै, केहि समयमा वडा नम्बर ७ र ६ मा पनि चिलिङ् भ्याट प्रदान गर्ने योजनाका साथ अघि बढेको अध्यक्ष नेपालले बताउनुभयो । गाउँपालिकाले कृषि एम्बुलेन्सको व्यवस्थापन गरिने बताउनुभयो । पालिका भित्रका ७ हजार घरहरुका सदस्यहरुलाई नै सहकारीमा आवद्ध गराउने लक्ष्य रहेको अध्यक्ष नेपालले बताउनुभयो । पालिकाले कृषि क्षेत्रलाई व्यवसायीकरण गर्ने लक्ष्यका साथ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरु सँग सम्झौता गरिरहेको अध्यक्ष नेपालले जानकारी दिनुभयो ।
पालिका उपाध्यक्ष शोभना तामाङले सहकारीले उत्पादनमूलक कार्यमा जोडदिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । गरिब नागरिकले गरेको बचत रकम गरिव नागरिककै जीवन सुधारका निम्ति लगानी गर्नु पर्नु आवश्यकता रहेको उहाँले बताउनुभयो । सहकारी अनुगमनमा धेरै त्रुटिहरु देखिएको उहाँको भनाइ थियो । सहकारी सञ्चालकहरुलाई सहकारी विधिवत् रुपमा सञ्चालन गर्न उपाध्यक्ष तामाङले आग्रह समेत गर्नुभयो ।
वडा ५ का अध्यक्ष एवम् प्रवक्ता शशिनाथ आचार्यले सहकारी संस्था दर्ता मात्रै ठुलो कुरा नभइ सञ्चालन गरि नियमित क्रियाशीलता प्रवल कुरा रहेको बताउनुभयो । सहकारीताको आधारभूत मान्यतालाई अवलम्बन गरि चलाउदा कतै त्रुटि भएकोमा त्यसलाई व्यवस्थीत गर्दै जानुपर्नेमा आचार्यले जोडदिनुभयो । पालिका भित्र सञ्चालित सहकारीहरुले स्वरोजगार सिर्जना गरि नागरिकको जीवनस्तर सुधार्नमा ध्यान दिनपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । युवाहरु दिन प्रतिदिन विदेशी भुमिमा रोजगारका लागि भौतारने अवस्थामा सहकारीहरुले मध्ये नजर गरि स्वरोजगारी उपलब्ध गराउनमा जोडदिनुपर्ने आवश्यक रहेको आचार्यको भनाइ रहेको छ ।
वडा नम्बर ७ का अध्यक्ष रवीन्द्र खातिले देश बिकास प्रविधिको विकासमा सहकारीले टेवा पुर्याउने गरेको बताउनुभयो । इन्द्रावतीमा सहकारीहरुको नियम गर्न आवश्यकता रहेको अध्यक्ष खातिले बताउनुभयो । मल वितरणमा राजनीति छिरेको भन्दै यस्को समाधान गर्न आवश्यकता रहेको उहाँले बताउनुभयो ।
सहकारी शाखा प्रमुख सुजाता गौतमले पालिकामा ७४ वटा सहकारी दर्ता भएकोमा २० वटा सहकारीको फोन सम्पर्कमा विवरणको जानकारी भएको बताउनुभयो । ७४ सहकारी मध्ये २० वटा कृषि सहकारी हुदा पनि साँग काभ्रे बाट किनेर खानपर्ने अबस्था रहेको औल्याउनुभयो । सहकारी सञ्चालन समितिलाई सहकारी शिक्षाको आवश्यकता देखिएको उहाँले बताउनुभयो । अनुगमनको क्रममा बैंक खाता नभएको सहकारी पनि पाइएको उहाँको भनाइ थियो । सहकारी नियमनमा बढि जोडदिनु पर्ने आवश्यकता रहेको उहाले बताउनुभयो । कानुनको परिधिभित्र रहेर सहकारीले काम गर्नु पर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।
इन्द्रावती सहकारी सञ्जालका उपाध्यक्ष कमल प्रसाद दुलालले स्वागत मनतव्य राख्दै सहकारीहरुले किसानहरुका निम्ति काम गर्नुपर्ने बताउनुभयो । पालिकामा उत्पादित दुधको बजारीकरणमा चुनौती भएको उहाँको भनाई थियो ।
इन्द्रावती सहकारी सञ्जालका अध्यक्ष रामशरण गरिरिको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा जनसुधार महिला सहकारी संस्थाका अध्यक्ष सानननी आचार्य लगायत विषयक सहकारीहरुका संस्थापकहरुले आफ्नो भनाई राख्नु भएको थियो । साथै पालिकाले उत्कृष्ट दूध उत्पादक किसानहरु सहित उत्कृष्ट दुध संकलन गर्ने सहकारी संस्थाहरुलाई सम्मान सहित प्रमाणपत्र प्रदान गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि झम्क नाथ नेपाल विशेष अतिथि पालिका उपाध्यक्ष शोभना तामाङ लगायत कार्यपालिका सदस्यहरु, वडा अध्यक्षहरु सहित सहकारी संस्थाका संस्थापकहरु सरकारी कर्मिहरुको बाक्लो उपस्थित रहेको थियो ।