सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्लामा ९ हजार ३१९ नयाँ मतदाताले नाम दर्ता गराएका छन् । जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकमा असोज १० देखि मङ्सिर ५ गते सम्मको समयमा उक्त संख्यामा नयाँ मतदाताले नामवली दर्ता गराएको हो ।
जिल्ला निर्वाचन कार्यलयका सुचना अधिकारी शर्मिला चौलागाईँका अनुसार कार्यालयमा प्रत्यक्ष रूपमा उपस्थित भएर नाम दर्ता गराउनेको सङ्ख्या ३ हजार ३८० रहेको छ । त्यसमध्ये पुरुष १ हजार, ४५२, र महिला ९२८ रहेको सुचना अधिकारी चौलागाईले जानकारी दिनुभयो ।
यस्तै राष्ट्रिय परिचयपत्र मार्फत प्राप्त आवेदन सङ्ख्या ६ हजार ९३९ रहेको छ । प्रत्यक्ष दर्ता र राष्ट्रिय परिचय पत्र दुवै प्रक्रियाबाट प्राप्त विवरण अनुसार नयाँ दर्ता सङ्ख्या ९ हजार, ३१९ पुगेको सुचना अधिकारी चौलागाईँका पुष्टि गरेकी गर्नुभयो ।
यसै अवधिमा त्रुटि सच्याउन प्राप्त आवेदन सङ्ख्या २५० रहेको छ भने ठेगाना बदल्न (ठाउँ सार्न) पनि २५० नै आवेदन प्राप्त भएको पनि उनले जानकारी दिनुभयो ।
निर्वाचन कार्यालयका अनुसार जिल्लामा २०७९ को निर्वाचनमा २ लाख ६० हजार २७३ मतदाता रहेकोमा २०८२ बैशाख १ गते सम्म यो संख्या २ लाख ६४ हजार ७६५ पुगेको थियो ।
नयाँ दर्ता, संशोधन र स्थानान्तरण मिलाएर मतदाता तथ्यांकलाई अद्यावधिक गर्ने काम जारी रहेको कार्यालयले जनाएको छ ।
