कोइरालाटार मदलेश्वरी मन्दिरको पालिका अध्यक्ष नेपाल र पुर्वमन्त्री द्वारा संयुक्त रुपमा उद्घाटन

समाचार समाज

ऐतिहासिक कोइरालाटार मदलेश्वरी मन्दिरको उद्घाटन ऐतिहासिक कोइरालाटार मदलेश्वरी मन्दिरको उद्घाटन भएको छ । आज एक कार्यक्रमका बिच बागमती प्रदेशका पुर्व सामाजिक बिकास मन्त्री युवराज दुलाल र इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो ।

मदलेश्वरी मन्दिर उपभोक्ता समितिका अध्यक्ष अर्जुन बहादुर माझीको सभापतीत्वमा उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रममा इन्द्रावती गाउँपालिका वडा नं ५ का अध्यक्ष शशिनाथ आचार्य, वडा नं ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङ, वडा नं ७ का पुर्व अध्यक्ष वीर बहादुर तामाङ, स्थानिय, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा मन्तब्य राख्दै बागमती प्रदेशका पुर्व मन्त्री युवराज दुलालले नेपाल बहुजाति, बहुभाषिक तथा बहुसांस्कृतिक मुलुक भएकाले यस्ता खाले सम्पदाले एकिकृत बनाउने बताउनुभयो । सबैखाले संरचना संरक्षणमा एकजुट हुनुपर्ने उहाँको भनाइ थियो ।

यस्तै इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले सांस्कृतिक तथा ऐेतिहासिक संरचना संरक्षणमा गाउँपालिकाले सक्दो सहयोग गर्ने बताउनुभएको छ । योजना तयार गरेर आएको खण्डमा पालिकाले समन्वय गरि समृद्ध ईन्द्रावति बनाउन गाउँपालिकाको हैसियतले गर्न सक्ने सबै काम गर्ने बताउनुभएको छ । मध्यपहाडि लोकमार्गसंगै रहेको मन्दिरको विषेश महत्व रहेकोले अन्य तिर्थमा जांदा लाग्ने खर्च यसै मन्दिरमा खर्चिन समेत उहाँले आग्रह गर्नुभएको छ । मन्दिरलाई पुरात्व विभागमा दर्ता गर्ने प्रकृयामा जान नितिगत कुरामा सहयोग गर्ने उहाँले प्रतिबद्वता ब्यक्त गर्नुभयो ।

इन्द्रावती गाउँपालिका वडा नं ५ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता शशिनाथ आचार्यले सानो बजेटमा पनि मन्दिर तयार भएको जानकारी दिनुभयो । इन्द्रावतीको जगबाट सुरू भएको बिकासले सिंगो वडालाई समृद्ध बनाउन महत्वपुर्ण भुमिका खेल्ने उहाँले बताउनुभयो ।

यश मन्दिरमा ठुलाे एकादशि र माघे सङ्क्रान्तिमा मेला लाग्ने गरेकाे छ । यश मन्दिर माझि समुदायकाे विशेष संरक्षणमा रहेकाे सामाजिक अभियन्ता रत्न प्रसाद आचार्यले बताउनुभयाे । व्यवस्थित घाट र बृद्वाश्रम बनाउन बांकि रहेकाे उहाँले जानकारी दिनुभयाे । नियमित पुजा र संरक्षणमा गाउँ सरकारकाे समेत उहाँले ध्यानाकर्षण गराउनुभएकाे छ ।

Leave a Reply