रबिन दनुवार, नवलपुर ।
अखिल नेपाल किसान महासंघ इन्द्रावती गाउँपालिका कमिटी सिन्धुपाल्चोकको ऐतिहासिक दोस्रो सम्मेलन सम्पन्न भएको छ ।
सम्मेलनबाट अध्यक्षमा ज्ञान बहादुर गिरि उपाध्यक्षमा ढक नाथ नेपाल, सचिवमा भरत संजेल र कोषाध्यक्षमा गोपिनी गौतम सहित ३६ सदस्य कमिटी गठन भएको हो ।
नेकपा एमाले बागमती प्रदेश कमिटी सचिवालय सदस्य एवम् इन्द्रावती गाउपालिका अध्यक्ष झम्क नाथ नेपालले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
नेकपा एमाले बागमती प्रदेश कमिटी सचिवालय सदस्य एवम् इन्द्रावती गाउपालिका अध्यक्ष झम्क नाथ नेपालले पालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाइरहेको बताउनुभयो । जनताको अबस्थामा सुधार ल्याउने दायित्व तीन सरकार मध्ये स्थानीय सरकारको पनि रहेको बताउदै कृषि र पशुपालनमा आधारित पालिकाको रुपमा बिकास गर्ने योजना रहेको उहाँको भनार्इ थियो ।
त्यसै अनुरुप दूग्ध व्यवसायी किसानहरुलार्इ लक्षित गरि प्रति लिटर दुधमा चार रुपैयाँ अनुदान उपलब्ध गराएको नेपालले बताउनुभयो। पालिकालाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने योजना रहेको नेपालले बताउनुभयो । पालिकाको कृषि क्षेत्रमा बिकाश गर्न हेफर अन्तर्राष्ट्रिय संस्था नेपाल र पालिका विचको साझेदारीको तयारी भइरहेको नेपालले बताउनुभयो ।
गाउँपालिका प्रवक्ता एवम् वडा नम्बर ५ का अध्यक्ष शशी नाथ आचार्यले गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखि किसानहरुलार्इ कृषि उत्पादनमा जोड्ने योजना बनाइरहेको बताउनुभयो । पालिकामा रहेका नागरिकहरुको विशेषगरी मुख्य पेशा कृषि भएकोले कृषि क्षेत्रको बिकास सँगै नागरिकको अबस्थामा सुधार ल्याउनु पर्ने आवश्यक रहेको उहाँले बताउनुभयो । महासंघले कृषि क्षेत्रमा आधारित संस्थागत रुपले योजनाहरु ल्याएमा यथोचित ढंगले संबोधन हुने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अखिल नेपाल महासंघ इन्द्रावती गाउपालिकाका नव निर्वाचित अध्यक्ष ज्ञान बहादुर गिरी को सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा अखिल नेपाल किसान महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्णप्रसाद अधिकारी, अखिल नेपाल किसान महासंघ सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष शंकर कार्की, नेकपा एमाले जिल्ला कमिटी सदस्य शिवहरी सापकोटा लगायत वडा पार्टी कमिटी अध्यक्षहरु महासंघका सदस्यहरुले आफ्नो भना राख्नुभएको थियो ।
महासंघका जिल्ला समिति सचिव रामप्रसाद गौतमले कार्यक्रम संचालन गर्नुभएको थियो ।