सभापति कपमा संकटाको सहज जित

* # खेलकुद समाचार समाज

संकटा क्लबले बिहीबार चर्च ब्वाइज क्लबमाथि सहज जित निकाल्दै सभापति फुटबल प्रतियोगितामा सुखद सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उद्घाटन खेलमा संकटाले चर्च ब्वाइजमाथि ३–० को सहज जित निकालेको हो ।
संकटाको जितमा अबेक रिचार्डले दुई तथा चन्दन दासले एक गोल गर्नुभयो । संकटाले पहिलो हाफमा १ र दोस्रो हाफमा दुई गोल थपेको हो । त्यसअघि संकटाले सुरुआती अग्रता लिएको थियो ।

अतिरिक्त समयमा चर्च ब्वाइजले केही प्रयास गरे पनि सफल भएन । त्यसपछि थप गोल निस्किएन र संकटाले ३–० को जित निकाल्यो । संकटाका अबेक रिचार्ड प्लेअर अफ दी म्याच घोषित हुनुभयो ।

त्यसअघि प्रतियोगिताको नेपाल सरकारका उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले उद्घाटनले गर्नुभएको थियो । यस प्रतियोगितामा एक आयोजकसहित सात वटा ‘ए’ डिभिजन क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको विजेताले २६ लाख र उपविजेताले १३ लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

Leave a Reply