इन्द्रावतीमा सात दिने कृषि यान्त्रिक उपकरण मर्मत तालिम सुरु

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रबिन दनुवार, नवलपुर ।
कृषि स्तरीय कृषि यान्त्रिक उपकरण मर्मत तालिम सुरु भएको छ । इन्द्रावती गाउँपालिका कृषि सेवा शाखाको आयोजनामा भएको तालिम सात दिन तालिम सुरु भएको हो ।

गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालले कर्मचारी, शिक्षक, प्राविधिकहरु मात्रै नभइ कृषि क्षेत्रमा आधारित किसानहरुलाई पनि तालिमको आवश्यकता रहेको बताउनुभयो । किसानको समस्यालाई ध्यानमा राखी कृषिमा आधारित आधुनिक उपकरणहरुको मर्मत तालिमको आयोजना गरेको अध्यक्ष नेपालले बताउनुभयो । राज्यले दिएको अनुदानको कृषिमा आधारित ट्याक्टर जस्ता अन्य उपकरणहरु चलाउन्जेल चल्ने र बिग्रिए पछि मर्मतका लागि उच्च खर्च गरि मर्मत गर्नुपर्ने बाध्यतालाई समाधानको उद्देश्यले तालिम सञ्चालन गरेको उहाँले बताउनुभयो । तालिममा सहभागीहरुले तालिमबाट प्राप्त सिकाइले उत्कृष्ट उपकरण मर्मत प्राविधिक बन्नुपर्नेमा अध्यक्ष नेपालले जोडदिनुभयो । तालिममा सहभागी तालिमकर्ताहरु मध्ये उत्कृष्ट उपकरण मर्मत गर्ने लाई पालिकाले पुरस्कारको समेत व्यवस्था गरेको बताउनुभयो । तालिमबाट प्राप्त सिकाइले आफ्नो उपकरण मर्मत मात्रै नभइ व्यवसायीक रूपले उपकरण मर्मत प्राविधिक बन्न मद्दत पुर्याउने नेपालले बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष शोभना तामाङले समयको महत्वलाई बुझी कृषि उपकरण मर्मतको तालिम लिन सहभागी तालिमकर्ताहरलाई आग्रह गर्नुभयो । तालिम कृषि क्षेत्रका लागी उपयोगी भएको उपाध्यक्ष तामाङले बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्माले कृषि क्षेत्र रोजगार र आयआर्जन सँग जोडिएको बताउनुभयो । पालिकाले कृषि क्षेत्रलाई लक्षित गरि करिब १ करोड ९३ लाख बजेट विनियोजन गरेको शर्माले बताउनुभयो । कृषिलाई प्रत्यक्ष उत्पादनका लगि आवश्यक साधन औजार उपकरण बिग्रिँदा मर्मतका लागि उच्च लागत लाग्ने बाध्यतालाई मध्यनजर गरि पालिकाले तालिमको आयोजना गरेको शर्माले बताउनुभयो । किसान आफैले उपकरणहरु मर्मत गर्न जानेमा उच्च लागतको बाध्यता कम हुने उहाँको भनाई थियो । सामुदायिक वन पालिकाको स्वामित्वमा आएको हुनाले वन पदाधिकारीहरुलाइ पनि तालिमको आवश्यकता रहेको शर्माले बताउनुभयो ।

कृषि सेवा शाखा प्रमुख रबिना कोजुले तालिममा सबै वडाका २१ जना मध्ये १४ जनाको सहभागी रहेको र बाँकी सात जनाको सहभागिता जारी रहेको बताउनुभयो । प्राविधिक सुदीप छ्वजु र सुसन धोजुले तालिमको सहजिकरण गर्नुहुने छ ।

Leave a Reply