इन्द्रावती गाउँपालिकाको प्रथम अर्धवार्षिक समीक्षा, ५५ प्रतिशत बजेटको काम सम्पन्न

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रबिन दनुवार, नवलपुर । 
इन्द्रावती गाउँपालिकाले आर्थिक बर्ष २०७९ देखि ८० को प्रथम अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । आइतबार इन्द्रावती गाउँपालिकाले विषयगत शाखाहरुको समीक्षा कार्यक्रम गरेको हो । 

शाखा प्रमुखहरुले पेश गरेको प्रतिवेदन हेर्दा विगतको तुलनामा पालिकाले केही प्रगति हासिल गरेको गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले बताउनुभयो । कर्मचारीहरुलाई  कार्यक्षमताको विकासको लागि तालिमको व्यवस्था गरेको नेपालले बताउनुभयो  । तालिम लिएको कर्मचारीले पछि पनि कार्यक्षमतामा परिवर्तन नदेखिए तालिम लिनुको औचित्य नहुने अध्यक्ष नेपालले बताउनुभयो । 

स्थानीय तहमाकाम गर्ने कर्मचारीहरु प्रत्यक्ष जनता सँग जोडिएको हुनाले संवेदनशील भएर काम गर्न पर्नेमा उहाले जोडदिनुभयो । पालिकामा ५५% बजेटको काम भइसकेको उहाले बताउनुभयो । सबै कर्मचारी लगायत जनप्रतिनिधिको सहकार्यले मात्रै पालिकाको उद्देश्य पूरा हुने नेपालले बताउनुभयो  ।

पालिका प्रवक्ता एव वडा नम्बर ५ का अध्यक्ष शशिनाथ आचार्यले काम गरेपछि नतिजा आउने गरि काम गर्नु पर्ने बताउनुभयो । जनताले प्रत्येक्ष अनुभुति गर्ने गरि पालिकाले काम गर्नुपर्ने उहाँको भनाई थियो । कर्मचारीको कार्यलयमा उपस्थिति एक सेकेन्डको पनि महत्व हुने भएकोले सबै कर्मचारीहरु समयमा कार्यलय आउनुपर्नेमा आचार्यले जोडदिनुभयो । 

वडा नम्बर ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङले प्रथम समीक्षा कार्यक्रमबाट नतिजा हासिल गर्ने गरि पालिका अघि बढेको महसुस भएको बताउनुभयो । पालिकाभित्रको जनप्रतिनिधि र कर्मचारीहरुको गतिविधि बारे तीन महिनाको अन्तरालमा समीक्षा कार्यक्रम गर्दा राम्रो हुने तामाङले सुझाव दिनुभयो । 

वडा नम्बर ७ का अध्यक्ष रविन्द्र खातीले सूचना, कार्यसम्पादन, शिक्षा र स्वास्थ्य जस्ता कुराहरुमा सुधार हुने विश्वास रहेको बताउनुभयो । पालिकामा बजार अनुगमनको आवश्यकता रहेको खातीले बताउनुभयो । पालिकाका सबै  वडा कार्यलयको कार्यशैलीको एकरूपता गर्नुपर्ने उहाले बताउनुभयो ।

कार्यक्रममा पालिकाका सबै विषयगत शाखाहरुले आ–आफ्नो प्रतिवेदन पेश गरेका थिए ।

Leave a Reply