इन्द्रावती र मेलम्चीका प्रमुखहरु बिच समन्वय बैठक, गर्यो यस्तो निर्णय

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, नवलपुर ।
इन्द्रावती गाउँपालिका र मेलम्ची नगरपालिकाका प्रमुखहरु बिच समन्वय बैठक बसेको छ । इन्द्रावती नदिको सिमा विवाद र नदिजन्य पदार्थ उत्खननमा बिबाद आए पछि समाधानका लागि आज दुई पालिकाकोजनप्रतिनिधिहरुकोउपस्थितिमा बैठक बसेको हो ।

दुवै पालिकाको प्रारम्भिक वातावरणीय परीक्षा प्रतिवेदन (IEE), नदिको प्रकृतिक बहाव तथा भौगोलिक परिस्थिति दुवै पालिकाका सम्बन्धित वडा अध्यक्षहरु सहितको प्रविधिक टोली रहने गरि संयुक्त कार्यदल गठन गरेर सो प्रतिवेदनलाई अध्यय पश्चात पालिकास्तरीय नेतृत्व समक्ष पेश गरेपछि उत्पन्न समस्यालाई समाधान गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्षका स्वकीय सचिव सुनिल तामाङले जानकारी दिनुभयो ।

बैठकमा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपाल, मेलम्ची नगरपालिकाकका प्रमुख प्रसासकीय अधिकृत अमृत कुमार धिताल, इन्द्रावती गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत राम प्रसाद शर्मा, मेलम्ची १३ वडा अध्यक्ष श्रीराम घोरासैनी, वडा सदस्य उद्धव प्रसाद ढुंगाना, इन्द्रावती ५ का अध्यक्ष श्री राशीनाथ आचार्य, मेलम्चीका अर्जुन प्रसाद घोरासैनी र इन्द्रावती गाउँपालिकाका स्थानीय राम कुमार आचार्य लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply