रेडियो मिसन, नवलपुर ।
सिन्धुपाल्चोक जिल्लाको भोटेकोशीमा डिजेल चोरी गर्न प्रयोग गरीएको बोलेरो गाडी नियन्त्रणमा लिईएको छ । भोटेकोशी ४ को चारकिलो स्थित सडक किनारमा पार्कीङ गरेर राखेको गाडीमा डिजेल चोरी गर्न खोज्दा स्थानीयले देखेपछी प्रहरीलाई खबर गरेका थिए ।
ना ३ ख ७६२६ न. को डिब्बा गाडिको डिजल चोरी गर्र्न बा.४.च ४०५१ नम्बरको बोलेरो गाडीमा चार जना व्यक्ती आई डब्बा गाडीको डिजेल ट्याङकीको ताला फुटाई चोरी गर्न लागेको समयमा स्थानीयवासीले देखेपछि नियन्त्रणमा लिन खोज्दा फरार भएपछी प्रहरीलाई खबर गरेको थियो ।
अन्दाजी ५ बजेतिर प्रहरी टोली खटि गई उक्त बोलेरो गाडी र गाडि पछाडि राखिएको २० लिटरको ५ वटा र ५० लिटरको १ वटा गरी जम्मा ६ वटा खाली ग्यालिन समेत नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बाह्रविसे ल्याईएको र चोरीमा संलग्न फरार भएकाहरुको खोजि कार्य भईरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी शिव कुमार बुढाथोकीले जानकारी दीनुभयो ।