मेलम्ची ।
संबिधान दिवसको अवसरमा नगर बाल सञ्जाल मेलम्चीको आयोजनामा “बालमैत्रि समाजको आधार जिम्मेवार परिवार उत्तरदायि सरकार” भन्ने नाराका साथ मावि स्तरिय वक्तृत्वकला प्रतियोगिता मेलम्चीमा सम्पन्न भएको छ ।
प्रतियोगितामा जाल्पादेवी माविकी मन्दिरा धिताल प्रथम, सेतिका देबी माबिकी रितिका कार्कि द्वितिय, जलवाईदेवि माविका अनिश गिरि तृतिय र ईन्द्रेश्वरि माविकी शिला दनुवारले सान्त्वना स्थान हाँसिल गर्नुभएको छ ।

मेलम्ची नगरपालिकाको आर्थिक सहयोग र ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा कोष (RHEST) को समन्वयमा भएको प्रतियोगितामा २८ जना प्रतियोगी सहभागि थिए ।
प्रतियोगितामा झपेन्द्रराज खरेल, सुदिनराज बुढाथोकी र डम्बर रसिक भारतीले निर्णायकको भुमिका निभउनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षक रामदत्त जोशिले बालबालिकाले आफ्नो कला प्रश्तुत गरेकोमा खुसि लागेको बताउनुभयो । उहाँले अहिलेका बिद्यार्थीहरुमा सिर्जनशीलता कमि भएको र घोक्ने बानिलाई हटांउदै लैजान पर्ने साथै छोरिमा सृजनशिलता भएपनि छोरामा रूचि कम भएको पाइएको बताउनुभयो ।
बालबालिकालाई सहभागितात्मक कार्यक्रममा सहभागि गराउन घर परिवार विद्यालय र समुदायको महत्वपूर्ण भुमिका रहेको कार्यक्रमका समन्वय सँस्था रेष्टका प्रतिनिधिको भनाइ रहेको मेलम्ची नगरपालिकाकी कर्मचारी अम्बिका डोटेलले जानकारी दिनुभयो ।
