ईन्द्रावतीको दोस्रो गाउँसभाको तेस्रो अधिवेसन सम्पन्न, ९ विधेयक पारीत

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, नवलपुर


इन्द्रावती गाउँपालिकाको दोस्रो गाउँसभाको तेस्रो हिउँदे अधिवेशन सम्पन्न भएको छ । सभा बाट ९ विद्येयक पारित भएको छ ।
गाउँ सभामा चालू आर्थिक बर्ष २०७९÷०८० को अर्ध बार्षिक समिक्षा प्रगति प्रतिबेदन माथी छ्लफल हुनुका साथै नौ ओटा बिद्येयक पारित भएको हो ।


पुर्वाधार विद्येयक २०७९, वन विद्येयक २०७९, बालबालिका विद्येयक २०७९, विपद ब्यबस्थापन ऐनको पहिलो संशोधन गर्न बनेको केही केही नेपाल कानुन संशोधन गर्न वनेको विद्येयक २०७९, पशुपंक्षि वधशाला २०७९, कृषि तथा पशुपंक्षि विद्येयक २०७९, जलस्रोत विद्येयक २०७९, नगर प्रहरी संचालन विद्येयक २०७९ र स्थानिय युवा परिषद विद्येयक २०७९ पारित भएको हो ।


विद्यायन समितिका संयोजक तथा इन्द्रावती गाउँपालिका वडा नं ९ का वडा अध्यक्ष बाबुराम लामाले यी ९ विद्येयक टेवुल गर्नुभएको थियो ।


त्यस्तै बिनियोजन ऐन २०७९ माथि दोस्रो संसोधन गर्न बनेको बिद्येयक २०७९ र आर्थिक ऐन २०७९ माथी दोस्रो संसोधन गर्न बनेको बिद्येयक २०७९ पनि पारित भएको छ । उक्त बिद्येयक भने उपाध्यक्ष शोभना तामाङले प्रस्तुत गर्नुभएको थियो ।


गाउँपालिका अध्यक्ष झम्क नेपालको अध्यक्षतामा सम्पन्न गाउँ सभामा गाउँपालिका उपाध्यक्ष शोभना तामाङ प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्मा, १२ वटै वडका अध्यक्ष, कार्यपालिका सदस्यहरु तथा वडा सदस्यहरु, गाउँपालिकाका कर्मचारीहरु, पत्रकारहरु लगायतको सहभागीतामा रहेको थियो ।


यसअघि गाउँ कार्यपालिका बाट १९ कार्यविधि समेत पास भइसकेको छ ।

Leave a Reply