देशलाई निकास दीन राप्रपाले नेतृत्व गर्नुपर्छ : राजेन्द्र लिङ्देन

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक


रेडियो मिसन


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई निकास दीन राप्रपाले नेतृत्व गर्नुपर्ने बताउनुभएको छ । 


आगामी निर्वाचनलाई सीमित राजनीतिक दलको चक्रव्यूहबाट देशलाई मुक्त गराउने अवसरको रुपमा लिनुपर्ने उहाँले बताउनुभयो । सिन्धुपाल्चोकको मेलम्चीमा राप्रपाको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश र जनताका भविष्य बनाउने भएकाले मंसिर ४ को निर्वाचनलाई गम्भिर रुपमा लिन आग्रह गर्नुभएको हो । 


उहाँले नेपाल अरेबियन हरूको लागी कामदार उत्पादन गर्ने थलो मात्रै बनेको टिप्पणी गर्नुभएको छ । तीन दशकदेखि बहुदल आएपछि देश ठूला भनिएका पार्टी र नेताहरूको बन्धकमा परेको आरोप लगाउनुभएको छ । तीन दशक अर्थात् एउटा युग कांग्रेस र कम्युनिष्टले खेर फालेको आरोप लगाउँदै सिन्धुपाल्चोकमा पशुपतिशमशेर राणाले गरेको विकासको स्मरण गर्नुपर्ने बेला आएको उहाँले बताउनुभएको छ । 


सोही चुनावी सभालाई सम्बोधन गर्दे राप्रपाका पूर्व अध्यक्ष पशुपति शमशेर राणाले सिन्धुपाल्चोक, झापा मात्र नभई राजेन्द्र लिङ्देनसँगै संसद्मा पुगेर सुनौलो देश निर्माणको लागि खबरदारी गर्ने बताउनुभएको छ । यसका साथै राप्रपाका सबै उम्मेदवारले जित्नैपर्नेमा उहाँले जोड दिनुभएको छ ।  


राष्ट्रिय प्रजातन्त्र पार्टीको बृहद् चुनावी सभामा सिन्धुपाल्चोकका हजारौँ नेता कार्यकर्ताहरू कार्यक्रममा सहभागि थिए ।
 

Leave a Reply