रेडियो मिसन, नवलपुर
इन्द्रावती गाउँपालिका वडा नं ८ मा रहेको श्री पञ्चकन्या आधारभूत विद्यालयको ४५ औँ वार्षिक उत्सव सम्पन्न भएको छ। आज एक कार्यक्रमका बीच विद्यालयले वार्षिक उत्सव मनाएको हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद आचार्यको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोहमा वडा नम्बर ८ का वडा अध्यक्ष डीलबहादुर श्रेष्ठको प्रमुख आतित्यता रहेको थियो। साथै कार्यक्रममा वडा नम्बर ७ का वडाध्यक्ष रविन्द्रकुमार खाती, जर्मन जर्मन नेपाल सहयोग संस्थाका शिक्षा अधिकृत चन्द्रकुमार श्रेष्ठ, वडा सदस्यहरू राजनीतिक दलका प्रतिनिधिहरू लगायत अभिभावकहरूको बाक्लो उपस्थिति रहेको थियो।
बार्षिकोत्सव समारोहमा विद्यालयका प्रधानाध्यापक ध्रुव सिग्देलले शैक्षिक तथा भौतिक प्रतिवेदन पेश गर्नुभएको थियो । उहाँले पेश गरेको प्रतिवदेन अनुसार विद्यालयको आय–व्यय अवसर र चुनौती उल्लेख गरिएको थियो।
बार्षिकोत्सवको अवसरमा विद्यालयका उत्कृष्ट छात्रछात्रा तथा विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी छात्रछात्राहरुलाई पुरस्कार वितरण गरिएको छ । साथै बहुकक्षा बहुसक्षण प्रणाली अन्तर्गत उत्कृष्ट शिक्षकहरूलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा बालबालिकाहरूका साथै कलाकार ईश्वरी अधिकारी लगायतले सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए।



