इन्द्रावती ६ को श्री फलाटेश्वर शिव मन्दिरको उद्घाटन, अक्षयकोषमा सांसद बस्नेतको २५ हजार सहयोग

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, नवलपुर ।
इन्द्रावती गाउँपालिका वडा नं ६ मा रहेको श्री फलाटेश्वर शिव मन्दिरको उद्घाटन सम्पन्न भएको छ ।

पूर्व मन्त्री तथा प्रतिनिधी सभा सदस्य मोहन बहादुर बस्नेतले उद्घाटन गर्दै मन्दिरको अथयकोषमा २५ हजार रुपैयाँ हस्तान्तरण समेत गर्नुभएको छ ।

आज मन्दिरको नियमित पुजापाठ गर्नको लागी संसक्षण समितीले स्थापना गरेको निर्माण गरिएको अक्षयकोषका लागी बस्नेतले ब्यक्तिगत रुपमा उक्त रकम सहयोग गरेको उहाँले बताउनुभयो । सांसद बस्नेतले मन्दिरको थप भौतिक निर्माण कार्य सम्पन्न गर्नका लागी नेपाल सरकार बाट हुने आवस्यक सहयोग दिलाउन समेत काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

Leave a Reply