मोहनबहादुर गिरीद्वारा आज एकैदिन तीन बिद्यालयमा न्यानो कपडा तथा शैक्षिक सामाग्री बितरण

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

कुञ्चोक । शैक्षिक अभियन्ता मोहनबहादुर गिरीद्वारा इन्द्रावती गाउँपालिका वडा नम्बर ३ मा रहेको शिंहमती माध्यमिक विद्यालय र सुर्यकिरण आभारभूत विद्यालय र सेतीदेवी आधारभूत विद्यालयका विद्यार्थी तथा शिक्षकहरूका लागि न्यानो कपडा तथा वाटर डिस्पेन्सर वितरण गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ३ का वडा अध्यक्ष भिमसेन थापाले पालिकाका अन्य विद्यालयहरूलाई समेत सहयोग गरीसकेको र वडामा दोस्रोपटक सहयोग गरेको स्मरणन गराउनुभयो । मोहन गिरीले आफ्नो जीवनमा भोगेका कठिनाइ विद्यार्थीहरूले नभोगुन् भन्ने सोचले अघि बढाएको अभियान अत्यन्तै सराहनीय रहेको बताउनुभयो । साथै प्रावीधीब शिक्षा अध्ययनलाई गर्नुभएको सहयोगको पनि प्रशंशा गर्नुभयो । विद्यार्थीहरूलाई न्यानो कपडा वितरणसँगै तातो–चिसो पानी खान सहज होस् भनेर डिस्पेन्सर समेत प्रदान गरिएको थियो । थापाले यस्ता निस्वार्थ र पुण्यकारी कार्यहरूले शिक्षा क्षेत्रमा प्रेरणाको स्रोत बनेको उल्लेख गर्दै उपलब्ध सामग्रीहरूको संरक्षण र सदुपयोग गर्न विद्यालय र विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै विशिष्ठ अतिथी मोहन बहादुर गिरीले आफुले गरेको सहयोगमध्ये केहीले राम्रो गरेको र केहीले भने सही रुपमा प्रयोग नगरेकोमा गुनासो गर्नुभयो । पालिकामा रहेर अध्ययनका लागी आर्थीक अभाव भएका सबैको लागी सहयोग गर्न आफु हरदम तयार रहेको गिरीले बताउनुभयो । आफु रीत्तिएर भएपनि बालबालिकामा लगान गरीरहेको गिरीको भनाई थियो । यो सहयोगका लागी आफु हरदम तयार रहेको गिरीले बताउनुभयो । विद्यार्थीहरूलाई न्यानो कपडा वितरणसँगै तातो–चिसो पानी खान सहज होस् भनेर डिस्पेन्सर समेत प्रदान गरिएको थियो । गिरीले उपलब्ध सामग्रीहरूको संरक्षण र सदुपयोग गर्न विद्यालय र विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै बिशेष अतिथि श्याम बहादुर गिरीले २०७९ सालदेखि निरन्तर रुपमा सञ्चालन हुँदै आएको यस अभियानअन्तर्गत हालसम्म ३८ वटा विद्यालयमा शैक्षिक तथा सहयोगी सामग्री वितरण भइसकेको जानकारी दिनुभयो । अब केही थोरै विद्यालय मात्रै बाँकी रहेको बताउँदै उहाँले यो अभियानको उद्देश्य भावी पुस्ताको उज्वल भविष्य निर्माण गर्नु रहेको बताउनुभयो । उहाँका अनुसार मोहन गिरीले आफ्नो आम्दानीको ठूलो भाग समाजसेवामा खर्च गर्दै प्राविधिक शिक्षा पढ्ने विद्यार्थीहरूलाई पनि निरन्तर सहयोग गर्दै आउनुभएको छ । साथै प्राप्त सहयोगको सही सदुपयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

शिंहमती माविका विव्यास अध्यक्ष पुर्ण बानियाँको अध्यक्षता र प्रमुख अतिथि वडा नम्बर ३ का वडा अध्यक्ष भिमसेन थापाको उपस्थितिमा न्यानो कपडा वितरण गरिएको हो । कार्यक्रममा विशिष्ट अतिथि शैक्षिक अभियान्ता तथा समाजसेवी मोहन बहादुर गिरी र विशेष अतिथि श्याम बहादुर गिरीको पनि विशेष उपस्थिति रहेको थियो ।

Leave a Reply