लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान : मेलम्ची नगरपालिकामा अभिमुखिकरण कार्यक्रम सुरु

* # समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची । “प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मूल नारासहित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान–२०८२ अन्तर्गत मेलम्ची नगरपालिकामा लैङ्गिक संवेदनशीलता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सुरू भएको छ ।

मेलम्ची नगरपालिकाको आयोजनामा तथा फेयरमेड र माङ्कलगायत संस्थाहरूको सहयोगमा गरिएको उक्त कार्यक्रम नगरप्रमुख आइतमान तामाङको अध्यक्षतामा सुरु गरिएको हो । कार्यक्रममा उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, नगरका कर्मचारी, जनप्रतिनिधि तथा सरोकारवालाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रविधिको सुरक्षित र जिम्मेवारीपूर्ण प्रयोग, लैङ्गिक हिंसाका रूपरंग, रोकथामका उपाय, तथा समुदायस्तरमा लैङ्गिक समानता प्रवद्र्धनका उपायहरूबारे छलफल गरिएको आयोजकले जनाएको छ ।

१६ दिने अभियान अन्तर्गत मेलम्ची नगरपालिकाले आगामी दिनमा विद्यालय, बस्ती तथा समुदाय स्तरमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने समेत जनाएको छ ।

Leave a Reply