नेपाली कांग्रेस सिन्धुपाल्चोकद्धारा सदरमुकाम चौतारामा नवनिर्मित बिपी अध्ययन केन्द्र भवनको उद्घाटन गरीएकाे छ । नेपाली काँग्रेसका महामन्री गगन थापाले भवनकाे उद्रङाटन गर्नुभएकाे हाे।
कांग्रेसका संस्थापक बिपी कोइराला, भवन निर्माणको लागि जग्गा दान गर्ने पूर्व जिल्ला सभापति स्वर्गीय रोहिणीराज सिग्देल र भवन निर्माणको नेतृत्व गर्ने पूर्वसभापति स्वर्गीय विकास लामाको अर्धकदकाे शालिक बनाइएको हो ।
सो अवसरमा भवन निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने पूर्वसभापतिद्धय भूपेन्द्रबहादुर थापा, श्यामबहादुर श्रेष्ठ तथा आर्थिक सहयोग प्रदान गर्ने नेताहरु बंशलाल तामाङ, डा. प्रेमध्वज लामा, आइतमान तामाङ, दोर्जे लामा हाउडे, राजेन्द्र गोर्खाली, भूपेन्द्र थापा, आरएस भण्डारी लगायत सयभन्दा बढी नेता, कार्यकर्तालाई सम्मान गरिएको थियो ।